करन केसीको चामत्कारिक ब्याटिङले नेपालको सनसनीपूर्ण जित

२ फाल्गुन २०७४

banner

काठमाडौँ। आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपालको अन्तिम खेलमा नेपालका लागि १ विकेटको सनसनीपूर्ण जित हात परेको छ । यो जितका लागि करन केसी हिरो सावित भए । जितको आश मारिसकेको खेल लयमा फर्काएर चामत्कारिक जित दिएका करन गेम चन्जर बने ।

खेल यतिसम्म सनसनीपूर्ण बन्यो कि अन्तिम १ बलमा १ रन चाहिएको थियो । स्वास रोकेर दर्शकले नतिजा कुर्नु परेको यो क्षण नेपालका लागि खुसीको वहार बन्यो ।

करन केसीले नटआउट ४२ रन जोडेका हुन्, जम्मा ३१ बलको सहारामा । जुन नेपालको जितका लागि मुख्य कारक बन्यो । उनले ४ छक्का र ४ चौका हानेर जित दिलाएका हुन् ।

नेपालले १९५* को लक्ष्य पाएको थियो । शून्य बल शेष राख्दै नेपालले रोमान्चक लक्ष्य पूरा गरेको हो ।

यो जितसँग नेपालले अर्को महिना हुने वान डे क्वालिफायरका लागि आफ्नो सहभागिता सुरक्षित गरेको छ ।

*१९५ को लक्ष्य हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »