नेपाल-भारत सीमाबाट फरार आतंककारी पक्राउ

२ फाल्गुन २०७४

banner

नेपाल–भारत सीमाबाट फरार आतंककारी पक्राउ
नयाँ दिल्ली। भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको दाबी गरेको छ। 

अधिकारीहरूले दिएको जानकारीअनुसार भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई प्रहरीले पक्राउ गरेको हो। 

नेपाल–भारत सिमानामा खटिएको दिल्ली प्रहरीको विषेश टोलीले खानलाई एकाएक पक्राउ गरेको उनीहरूले बताएका छन्। 

“खान सन् २००८ देखि फरार रहेका थिए, उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि हो,” दिल्ली प्रहरीका उपप्रमुख पी एस कुशहवाले भने। 

खानलाई धेरै आतंकवादी हमलामा संलग्न भएको मानिएको छ। प्रहरीले कारबाही गर्न लागेपछि उनी लुक्दै भाग्दै आएका थिए। सिन्ह्वा

Leave a reply

HTML Tags are not supported

Post My Comment »