नदी किनारामा फालिएको नवजात शिशुको उद्धार

२ फाल्गुन २०७४

banner

महोत्तरी । महोत्तरी प्रहरीले आज बिहान नदी किनारामा फालिएको एक नवजात शिशुको उद्धार गरेको छ ।

सोनमा गाउँपालिका–६ स्थित रुपनी नदीको किनारामा बेवारिसे अवस्थामा फेला परेको सो बालिकालाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेको हो । मगरथानादेखि दक्षिणतर्फ गुलरिया टोल जाने बाटोमा एकाबिहानै स्थानीयवासीले शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको सहयोगमा शिशुको उद्धार गरी जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »