बाख्रा हेर्न गएकी ११ बर्षीया बालिका बलात्कृत

३ फाल्गुन २०७४

banner

लमजुङ । लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् ।

११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए । बुवासँग बाख्रा हेर्न गएकी बालिकालाई मदिरा सेवन गरेका लामाले मंगलबार दिउँसो करिब १ बजे करणी गरेको प्रहरीले जनाएको छ ।

३० बर्षलेदि राइनासमा मजदुरी गर्दै आएका लामालाई साँझ साढे ५ बजे पक्राउ गरिएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर प्रकाशित छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »