भक्तपुरमा साझा बस भित्र्याउन नदिने व्यवसायीको चेतावनी

७ चैत्र २०७३

banner

भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले सरकारको नियमविपरीत सिन्डिकेट लाद्दै साझा बसलाई भक्तपुर भित्रयाउन नदिने भएका छन् ।

भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिँदै सिन्डिकेट लाद्ने बताएका हुन् ।

आज कोटेश्वर पूर्व यातायात समन्वय समितिले रफत सञ्चार क्लवमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरुले साझा यातायात भक्तपुरमा सञ्चालनमा आए जिल्लाका १७ वटा रुटमा चलाएका बस सेवा बन्द गराउने बताएका हुन् ।

पत्रकार सम्मलेनमा भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समितिअन्र्तगत १७ रुटका ३३७ गाडी सञ्चालनमा रहेकोमा साझा आए यी सेवाहरु बन्द गर्ने बताए ।

समितिले भक्तपुरमा साझाले दिएकै जस्तो सुविधा दिएर बस सञ्चालन गर्ने तयारी गरेको बताउँदै उहाँले यसका लागि नयाँ ४० वटा बस ल्याउने तयारी गरेको बताए।

पत्रकार सम्मेलनमा कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताका लामा ४० वटा बस ल्याउन लागेको बताए ।

काठमाडौंको रुटमा घाटा भएपछि साझा बस भक्तपुर चलाउन लागेको आरोप लगाउँदै उहाँले भक्तपुरका जनताको समस्या साझाले समाधान नगरी भक्तपुरकै बसले समाधान गर्ने बताए ।

भक्तपुर मिनिवस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू, राजन कसलवटले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउन साझा बस भित्रयाउन खोजेको आरोप लगाए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »