लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा झडप, एक घाईते

७ चैत्र २०७३

काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०बीच झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् ।

आज बिहान स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद हुँदा अनेरास्ववियुका कमलराज जोशी घाइते हुनु भएको छ । अनेरास्ववियुका महासचिव ऐन महरले जोशीलाई अनेरास्ववियु क्रान्तिकारीले रड प्रहार गरेको आरोप लगाए । जोशीको टाउकोमा चोट लागेको छ ।

स्नातक छैटौँ सेमेष्टरमा अध्ययनरत जोशीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यता अखिल क्रान्तिकारीका उपत्यका इन्चार्ज डिवि साउदले घटनामा आफ्नो सङ्गठनका साथीहरुको संलग्नता भएको बताए

यसैबीच, महासचिव महरले विज्ञप्तिमार्फत घटनामा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »