लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्टको साधारण सभा सम्पन्न

७ चैत्र २०७३

banner

सुवास बस्नेत / भरत पौड्याल

नयाँ दिल्ली भारत । लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्ट (रजि) को साधारण सभा तथा बन्द सत्र सम्पन्न भएको छ । आइतबार दिल्लीस्थित लाजपत नगरको लाल साईं मन्दिरमा संस्थाको सभा तथा बन्द सत्र सम्पन्न भएको हो । दिपक जिसीको अध्यक्षतामा सम्पन्न सभालाई नारायण बिकले संचालन गरेका थिए ।

संस्थाले श्री सोभाखर पंथीको अध्यक्षतामा ११  सदस्यीय कार्यकारणी समिति गठन गरेको छ । साथै संस्था ले सम्पूर्ण कलाकारहरुलाई एकजुट गर्ने उद्देश्यले श्री राम गतराजको अध्यक्षतामा कलाकार मंचको पनि गठन गरेको छ ।

Buddha Born in Nepal को नारा सहित इंद्रप्रस्थ विश्वविद्यालयमा एम. सी.ए. अध्यनरत श्री जीबन प्रकाश पन्त को अध्यक्षतामा ५० सदस्यीय युथ क्लब को गठन गरिएको छ। साथै  दिपक जी सी, हरी भट्टराई, राज शर्मा, बिके कृष्ण, रबी साहा, ठाकुर सौराग, कृष्णा पौडयाल  हरुको ७ सदस्यीय (संस्था संरक्षण समिति) को समेत गठन गरेको छ ।

नेपाली नया बर्ष को अबसर पारी संस्था को प्रथम सम्मलेन तथा सास्कृतिक कार्यक्रम  भब्य रूपमा समपन्न गर्न को लागि सम्पूर्ण टीम आजैबाट जुटेको कुरा नबनिर्बाचित कोषाध्यक्ष श्री नारायण बिकले डिसीनेपाललाई जानकारी दिएका छन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »