इन्स्टाग्राममा अब आफ्नो फोटोको कसैले स्क्रिनसट लिएको थाहा पाउन सकिने

४ फाल्गुन २०७४

banner

एजेन्सी । सामाजिक संजाल इन्स्टाग्राम अहिले युवा पुस्ताको लागि रोजाईको संजाल बनेको छ। 

इन्स्टाग्राममा आफूले खान थालेको खानेकुरादेखि घुम्न गएका फोटोसम्म शेयर गर्ने गरिन्छ। तीनै फोटोहरुलाई स्क्रिनसट गरेर विभिन्न समाचार बनाउने, भाइरलबनाउने, दुरुपयोग गर्ने क्रम पनि बढ्दो छ।

यो लोकप्रिय सामाजिक संजालले अहिले ती कुरालाई मध्यनजर गर्दै नयाँ फिचर ल्याएको हो। उक्त नयाँ फिचर अनुसार तपाईंले इन्स्टाग्राममा पोस्ट गरेको कुराको कसैले स्क्रिनसट गर्छ वा रेकर्ड गर्छ भने, तपाईंले अब त्यो थाहा पाउन सक्नुहुनेछ। कसैले रेकर्ड गर्ने बित्तिकै वा स्क्रिनसट लिनासाथ तपाईंकोमा नोटिफिकेशन भने आउँदैन।

त्यसको लागि तपाईंले आफ्नो स्टोरी हेरेका व्यक्तिहरुको लिस्ट हेर्नुपर्ने हुन्छ र जसले तपाईंको स्टोरीको रेकर्ड गरेको छ, उसको अकाउन्ट नामको छेउमा तारा आकारको चिन्ह देखिनेछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष