नारायणगढ-मग्लिन सडकखण्ड अबदेखि दैनिक ६ घण्टा बन्द हुने

७ चैत्र २०७३

banner

चितवन – निर्माण कार्यलाई तिव्रता दिन दैनिक सढे चार घन्टा अवरुद्ध हुँदै आएको नारायणगढ-मग्लिन सडक खण्ड अबदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

सार्वजनिक भएको नयाँ सूचना अनुसार अब दैनिक विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नारायणगढ – मग्लिन सडक खण्ड बन्द हुनेछ । साँढे ४ घण्टा बन्द हुँदै आईरहेको सडक खण्ड अब यही चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक ६ घण्टा राजमार्ग बन्द गरिने भएको छ । 

आयोजनाले बैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारीहरु सोही अनुसार प्रयोग गर्न र नमिल्ने सवारी साधनहरुले धैर्यधारण गरि लेन अनुशासन कायम राखी सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी तथा कर्मचारीहरुको निर्देशन पालना गरि आवात–जावत गर्न अनुरोध गरेको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »