विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको अधिवेशन तथा स्मारिका पुस्तक बिमोचन सम्पन्न

७ चैत्र २०७३

banner

इजरायल । विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा,१७  मार्च २०१७  सुक्रवार साँझ तेलअविवमा संस्थाको अधिवेशन र स्मारिका पुस्तक बिमोचन भव्य र सव्यता पुर्वक सम्पन्न भएको छ । अध्यक्ष सावित्रा लुइँटेल घिमिरेको सभापतित्व  तथा प्रमुख अतीथि इजरायल राजदुताका प्रथम सचिव हरिहर कान्त पौडेलको आथित्यमा कार्यक्रम उद्घाटन गरिएको थियो ।

पहिलो चरणको कार्यक्रम संचालिका महासचिव सानु गुरुङ दोस्रो चरणको कार्यक्रम संचालिका स -कोषाध्यक्ष अम्बिका याम्फु अनमोलले संचालन गरेका थिए । कार्यक्रमको सुभारम्भ गर्नका निमित्त राष्ट राष्ट्रीयताप्रति सम्मान गर्दै राष्ट्रिय गान,साथै संस्थाका सचिव गणेश गौतम सागरले स्वागत गीत साथै सस्थाकी कार्यकारिणी सदस्य, नितू खतिवडाले स्वागत मन्तव्य दिएका थिए।

स्मारिका पुस्तक विमोचन कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथि सस्थाका संरक्षक, तथा सल्लाहकारले विमोचन गरेका थिए।आयोजक बरिष्ठ उपाध्यक्ष दिपेन्द्र थापाले संस्थाक गतिबिधि जानकारी गराएका थिए।

नयाँ कार्य समीती संस्थाको  साप्ताहिक बैठक स्काइपीमा, संरक्षक सल्लाहकारहरुको उपस्थितिमा पूरानो कार्यसमिति भंग गरि नयाँ कार्यसमिति चयन गरिसकेको हुनाले उक्त दिन संस्थाको संरक्षक काजल घीमिरे नानुले नयाँकार्य समीतिको नामावालीहरु उक्त कार्यक्रममा सबैलाई सुनाएका थिए। सम्पूर्ण कार्य समितिका पदाधिकारी हरुलाई अध्यक्ष सावित्र लुईटेल घिमिरे र प्रमुख अतीथि इज़रायल राजदूतवासका प्रथम सचिव हरिहर कान्त पौडेलले खादा र अविर लगाई स्वागत गरे।

त्यस्तै संघीया समाज फोरमका अध्यक्ष सुन्दर सिंह तामाड्, जनसम्पर्क समिति इजरायलका बरिस्ट उपसभापति श्री डम्मर गुरुङ, नारीका लागी नारी एककरोड़ एक अक्षयकोष इज़रायलको अध्यक्ष नितु खतिवडा, सल्लाहकार कृष्ण रायमाझी, विस्व नेपाली साहित्य महासंघका केन्द्रको सह सचिव सुनिता राई, नेपाली प्रवासी मंच ने.क.पा.एमालेका बरिस्ठ उपाध्यक्षजय ओडारी,  नमस्ते नेपाल हातेमाले सामाजिक संस्थाका केन्द्रिय अध्यक्ष रामशरन बानिया, सत्य साई सेन्टर इजरायलकी अध्यक्षनेहा गुरुङ  लगायतले  सुभकामना मन्तब्य राखेका थिए।

साथै इजरायलको बसाईलाइ बिट मार्दै स्वदेश फर्केका, लामो समय देखी संस्थालाई आर्थिक, भौतिक, नैतिकताका साथ सहयोग र योगदान गर्दै आएका कार्यकारिणी सदस्य रजनी शर्मा तथा सुभद्रा घिमिरेलाई सम्मान सहित कदरपत्र प्रदान गरि विदाई गरिएको थियो ! उक्त कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरु.शन्तोषी खड्का ,कल्पना चाम्लिडं राई, विमाला शर्मा ढुंगाना, रजनी शर्मा, मुना सिंदेल,  सानु खतिवडा, तारा कट्टेल, भीमा थापा, शान्ती राई ’स्मृती’, निलम भूषाल ज्यूहरु बाट वाचन गरी साहित्यमय वातबरण भएको थियो।

प्रवासी भूमिमा रहेता पनी नेपाली साहित्य क्षेत्र लाइ संरक्षण र सम्बर्धन तथा बिकाश गर्दै साहित्य क्षेत्रलाई सशक्त रूपमा अघी बढिरहेको कुराहरु प्रस्ट पार्दै, विश्व नेपाली साहित्य महासंघ केन्द्र बाट प्रतिनिधी स-सचिव सूनिता राई तथा प्रमुख अतिथि इजरायलका राजदुताबाका प्रथम सचिव  हरिहर कान्त पौडेलबाट कार्यक्रमको समिक्षा गर्दै  नव नियूक्त कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना मन्तव्य राखेका थिए।

विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलका नयाँ कार्यसमीती को तालीका निम्न अनुसार छ ।

अध्यक्ष:- सानु गुरुडः
उपाध्यक्ष :- गणेश गौतम “सागर”
महासचिव:- अम्विका याम्फु “अनमोल”
सचिव :- विमला शर्मा ढुगान
कोषाध्यक्ष :- समा श्री
सदस्यहरु:-
(१) मुना सिंदेल
(२) कल्पना चाम्लीग
(३) गोमा कार्की
(४)पवित्रा क्षेत्री
(५)सन्तोषी खड्का
(६)शान्ति स्मृति राइ
(७)आशा गुरुङ
(८)रेनुका थापा
(९)दुर्गा गुरुङ
(१०)डम्मर गुरुङ
(१२)अनिता राई
(१३) तुलास पाण्डे
(१४) वेद घिमीरे
(१५) तारा कट्टेल
16) सानु खतिवडा
17) भीमा थापा कार्की
प्रमुख सल्लाहकार( दिपेन्द्र थापा
बरिस्ठ सल्लाहकार ( कृष्ण रायमाझी
सल्लाहकार (धर्म भण्डारी
सल्लाहकार (सावित्रा लुइँटेल घिमिरे
सल्लाहकार (आरोह श्रेष्ट
सल्लाहकार (नितू खतिवडा
संरक्षक (काजल घिमिरे नानु हुनुहुन्छ !

अन्त्यमा आयोजक संस्थाकी अध्यक्ष सावित्रा घिमिरे लुइँटेलले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »