नासा र एन्माको १३ औ संयुक्त सम्मेलन सार्लोटमा हुने

७ चैत्र २०७३

banner

शिव बिष्ट,
नर्थ क्यारोलिना । दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) र मध्य पश्चिम राज्यहरुमा बस्ने नेपालीको संस्था एसोसियसन अफ नेपलिज् ईन मिड वेष्ट अमेरिका (एन्मा)को १३ औ संयूक्त सम्मेलन सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सुन्दर शहर सार्लोटमा हुने भएको छ ।

सार्लोटस्थित नेपालीहरुको संस्था ग्रेटर सार्लौट नेपलिज एसोसियसनको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा स्थानीय तथा अमेरिकाको २० भन्दा बढी राज्यहरुबाट प्रतिनिधिहरु सहभागीता जनाउने गरी तयारी भैरहेको सम्मेलन आयोजक समितिका अध्यक्ष राजेश सिंहले  बताए ।

सो संयूक्त सम्मेलनलाई व्यवस्थित बनाउन ११ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । सम्मेलन आयोजक संस्था जीसिएनएका प्रतिनिधि राजेश सिंहलाई सम्मेलन प्रमुखको जिम्मेवारी दिईएको छ ।

सोही समितिमा नासाका अध्यक्ष विमल नेपाल, एन्माका अध्यक्ष बाला घिमिरे, समितिको उपाध्यक्षमा नासाका महासचिव शिब विष्ट, कार्यकारी सदस्यहरु डा सुमन सिलवाल, र गजेन्द्र अर्याल रहेका छन भने एन्माका कार्यकारी उपाध्यक्ष कैलास कायस्थ, उपाध्यक्षहरु बलराम पन्थि र सन्जय घिमिरे उपाध्यक्षमा मनोनित भएका छन । त्यसैगरी जिसिएनएका प्रतिनिधि एवं नासाका कार्यकारी सदस्य शुशिल नेपाल, जिसिएनएका प्रतिनिधि अरुण श्रेष्ठ रहेका छन । त्यसैगरी मुल समितिको कार्यव्यवस्थापन र बैठक परिचालनका सहजीकरणका लागि तीन सदस्यीय सचिवालयसमेत गठन गरिएको छ । जसमा नासाका सहसचिव कृष्ण श्रेष्ठ, एन्माका भरत कडेल र जीसिएनका प्रतिनिधि रहने छन ।

नासाका अध्यक्ष विमल नेपालको सभापतित्वमा  हालै सम्पन्न कन्फ्रेन्स कल बैठकमा सम्मेलनका लागि होटल संझौता अन्तिम चरणमा पुगेको शुशिल नेपालले जानकारी गराउँदै सम्मेलनको बारेमा विशेष सर्भे गर्न लागिएको बताए । बैठकमा नासाका अध्यक्ष विमल नेपालले सम्मेलन विगतमा एतिहाँसिक हुने गरेकोले यस पटक पनि भव्य हुनेमा विश्वास व्यक्त गरे ।

बैठकमा एन्माका अध्यक्ष बाला घिमिरेले नेपाली कला र सस्कृतिको संरक्षण र प्रवर्दन गर्न , नेपालीबीचको भाईचाराका बृद्धि गर्न सक्दो प्रयास गर्नुपर्नेमा जोड दिए । साथै सो बैठकमा पुर्व सम्मेलन प्रमुख बलराम पन्थीले आफ्नो अनुभव सुनाउदै सबैको हातेमालो भएमा सम्मेलन सफल र उपलब्धि मुलक हुने कुरामा आशा ब्यक्त गरे  ।आगामी  सम्मेलनलाई अवसर र चुनौतिका रुपमा लिदै जिसिएनएका प्रतिनिधि तथा सम्मेलनका प्रमुख सिंहले सफल र उपलब्धीमुलक सम्मेलन बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । सो बैठकमा उपस्थित  सबै महानुभावहरुले आफ्नो सुझाव र सल्लाह ब्यक्त गरेका थिए ।

सम्मेलनमा नेपाली भाषा, कला सस्कृतिको संरक्षण गर्न, अमेरिकामा जन्मी हुर्केका बालबालिकालाई नेपाली  संस्कार ,भाषा र संस्कृति  सिकाउन मद्दत पुरयाउने हिसावले हरेक बर्ष यस्ता सम्मेलन आयोजना गर्ने  गरिएको छ । साथै सम्मेलनमा विभिन्न विषयगत गोष्ठि, नेपाली कला सस्कृति झल्काउने कला प्रस्तुति ,साहित्य र  सांगितिक कार्यक्रमहरुका साथै युवा वर्गका लागि बैद्धिक र शारीरिक विकासका लागि बिभिन्न खेलकुद कार्यक्रमहरु सञ्चालन गरिने छ ।

सम्मेलनमा नेपालबाट  चर्चित कलाकारका साथै विशिष्ठ व्यक्तिहरुलाई अतिथिका रुपमा आमन्त्रण गरिने  छ भने अमेरिका मा रहेका लोकप्रिय कलाकारहरुलाई सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि आमन्त्रण गरिने भएको छ । सो सम्मेलन सफल पार्नका लागि गठित विभिन्न समितिहरुमा सुचना प्रविधि संयोजकमा सन्जय घिमिरे, सांगितिक ( कन्सर्ट ) समिति संयोजकमा शिव विष्ट, कार्यक्रम समिति संयोजकमा मनिष शाक्य, सास्कृतिक समितिमा अरुण श्रेष्ठ संयोजकका रुपमा मनोनयन गरिएको छ ।

बाँकी अन्य समितिहरु आवश्यकता अनुसार गठन हुने  बताउँदै सम्मेलन प्रमुख सिहले कार्यक्रमलाई भव्य बनाउन नेपाली समुदायलाई आव्हान गरेका छन ।
हरेक बर्ष सम्मेलनको मुख्य आकर्षणको रुपमा रहेको सांगितीक( कन्सर्ट ) कार्यक्रममा यस पटक पनि नेपाली सांगीतिक तथा हाँस्य व्यंग्य क्षेत्रका चर्चित कलाकारहरुको   विशेष प्रस्तुति  रहने संयोजक विष्टले बताएका छन्  ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »