गीत - मुटुभित्र देश बोकी परदेशमा

५ फाल्गुन २०७४

banner

  • सुनिल संगम

मुटुभित्र देश बोकी परदेशमा बाँचेको छु 
रोइ-रोइ सारा खुशी देशकै लागि साँचेको छु

पसिनाको मोल टिपी मेरो सप्नाहरु फुल्छ
मेरै वस्ती वरिपरी मेरो जून तारा डुल्छ
सिरानीमा देश राखी बिरानीमा बाँचेको छु 
रोइ-रोइ सारा खुशी देशकै लागि साँचेको छु

आफ्नो मन आफैसँग रिसाउँदै तर्की भाग्छ
आँसु होइन आँखाबाट रगत तप्के जस्तो लाग्छ 
सासै फेर्न गारो हुन्छ जसो-तसो बाँचेको छु
रोइ-रोइ सारा खुशी देशकै लागि साँचेको छु

मुटुभित्र देश बोकी परदेशमा बाँचेको छु
रोइ-रोइ सारा खुशी देशकै लागि साँचेको छु

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष