केन्द्राध्यक्षकै मिलेमतोमा एसइईमा चिट चोराउने पाँच निरीक्षक निष्कासित

८ चैत्र २०७३

सिरहा । केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अमर्यादित बनेको छ।

परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन समितिले तीन केन्द्राध्यक्षलाई सचेत गराएको छ भने, ५ निरीक्षकलाई परीक्षा केन्द्रबाटै निष्कासन गरेको छ।

परीक्षर्थीलाई गेसपेपर र परीक्षा केन्द्र बाहिरबाट तयार पारिएको फ्ल्याप उत्तरपुस्तिकामा सार्ने बातावरण सिर्जना गरेर परीक्षा अमर्यादित बनाएको भन्दै केन्द्रले तीन जनालाई सचेत र पाँच निरीक्षकलाई निष्कासन गरेको हो।

सोनमती गाढा परीक्षा केन्द्रका निरीक्षक देवप्रसाद यादव, शिवप्रसाद साह, रामएकवाल यादव, विनीता र गौरीपुरा परीक्षा केन्द्का तनवीर अन्सारीलाई निष्कासन गरेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »