साउदीमा गैरकानुनी रुपमा बसेका कामदारले पाए ९० दिने आममाफी

८ चैत्र २०७३

banner

काठमाडौं । साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइबार ९० दिनको आममाफीको घोषणा गरेको छ।

यो मार्च २९ बाट लागू हुनेछ । साउदीका राजकुमार, उपप्रधान तथा गृमहन्त्री मोहमद विन नैफले उल्लंघनबिनाको देश अभियान सुरु गर्दै आममाफी दिइएको हो ।

सरकारले तीन बर्षअगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »