आइफ़ोनले ल्यायो यस्तो नयाँ फिचर

१० फाल्गुन २०७४

banner

एजेन्सी। आइफ़ोन प्रयोगकर्ताहरुलाई एप्पल कम्पनीले खुशीको खबर ल्याएको छ। कम्पनीको उक्त खबर अनुसार, आइफ़ोनमा नयाँ फिचर थपिएको छ।

आइफ़ोन मा थपिएको नयाँ फिचर, रेकर्डिंग सम्बन्धी हो। उक्त फिचर अनुसार अब आफ्नो आइफ़ोनको स्क्रिनमा डिस्प्ले भइरहेको आवाज भिडियोलाई रेकर्डगर्न सकिने भएको छ । यस फिचरको लागि नयाँ एप्लिकेशन डाउनलोड गर्नु पर्दैन, आइफ़ोन अपडेट गरे पुग्छ।

यो फिचर अहिले आइओएस ११ मा उपलब्धहुनेछ । आइफ़ोन, आइप्याड, आइपोडटचमा यस फिचरको सुविधा लिन सकिने बताइएको छ।

रेकर्ड भैसकेको कुरा फोटो एपमा गएर बस्नेछ । यो फिचरमा प्रयोगकर्ताहरुको लागि कपीराइट, नैतिकता आदि सम्बन्धि सर्तहरु समेत राखिएको छ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष