फागुन १२ गतेदेखि १८ गतेसम्मको साप्ताहिक राशिफल

१२ फाल्गुन २०७४

banner

  • जोतिषाचार्य : भानुराज अर्याल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 
यो साता राम्रो नै रहनेछ । कुराकानीको भरमा कामहरु मिलाउन सकिने छ । तपाँईको बोलिको प्रभाव बढ्नाले अरुले प्रशंसा गर्ने छन् । भोजभत्तेरमा सहभागी भई मिष्ठान्न भोजन पनि गरिनेछ । आफुले नेतृत्व लिएको कामलाई पुरा गर्न परिवार तथा साथीभाइले सहयोग गर्नाले आत्मविश्वास बढ्ने छ। लाभको मात्रा बढ्नाले पेशाकर्मीहरुले समेत राहत महशुस गर्ने छन् । बढेको आम्दानीले घरमा आवश्यक महशुस गरिएका सर(सामानहरु किनिने छ । मनोरञ्जनात्मक कुरामा खर्च बढ्ने छ । समय परिस्थितीले अरुसंग बदलाको भाव नलिंदा राम्रो हुनेछ । सोचे अनुरुपको सफलताको लागि भने केहि समय पर्खनु राम्रो हुनेछ। 
      
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साता राम्रो नै रहनेछ । २-३ दिन आफुले सोचे अनुरुप सानोतिनो काम हुनाले राहत महशुस गरिए पनि ठुला कामहरु सजिलै गर्न सकिने छैन । आफूले गर्नु पर्ने कामको दायीत्व बढनाले दिकदारी महशुस गरिनेछ । आफूले सामान्य ठानेको काममा अनेक समस्याको सामना गर्नु पर्ने छ । कामको बोझ भन्दा प्रतिफल र पुरस्कार कम पाईनेछ । तापनि पदोन्नतिको संभावना प्रबल रहेको छ । लाभ र मान(सम्मान केहि मात्रामा बढ्नेछ । घरका महिला सदश्यहरुको स्वास्थमा केहि समस्याहरु आउन सक्ने हुनाले सतर्क रहनु होला छन । जीवनसाथी संग २(३ पछि मनमुटाव हुनसक्ने हुनाले क्रोधको नियन्त्रण गर्नु जरुरी छ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आईतबार देखि यो साता राम्रो रहने छ । आम्दानीको मात्रा बढाउन गरिएको कोशिस केहि मात्रामा सफल हुनेछ । समयले केहि साथ दिनाले व्यापार व्यबसाय सम्हाल्ने मौका मिल्नेछ । तापनि सोचे भन्दा बढि मेहनत नगरे सफल भईन गाह्रो पर्नेछ । साझेदारीमा केहि असहज परिस्थिती उब्जन सक्ने हुनाले आफ्नो कुरा पहिले नै प्रष्ट गर्दा राम्रो हुनेछ । आफ्नो कमजोरीलाई लुकाउन छुच्चो बोल्दा आफैलाइ नोक्सान पर्न सक्नेछ । बढेको खर्च धान्न लाभका क्षेत्र बढाउने कोशिस गर्दा राम्रो रहला । खानपानमा सजग रहन सकेमा पेटका बिकारले दुख दिने छैन ।   

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 
साता सामान्य रहने छ । शुरुमा आफुले सोचे अनुरुप नै कामहरु पुरा हुनेछन । मन मोजमज्जामा बढि जानाले खर्च केहि बढ्ने छ । ब्यपार व्यबसायमा बाधा अड्चनहरु आउनाले दिकदारी महशुस गरिने छ । सरकारी दण्ड जरिवानामा परिने संभावना भएकोले सावधान रहनु जरुरी छ। सरकारी कर, महशुल आदिमा जरिवाना तिर्नु पर्ने हुनसक्छ । सरकारी संयन्त्रबाट सोचे अनुरुप सहयोग पाईने छैन् । पैत्रीक जमीनमा पनि केही खिचलो हुनसक्ने छ। आम्दानीको स्थिती राम्रै रहने छ । अप्रत्यासीत लाभ पनि हुन सक्ने छ । साताको शुरुमा खर्च पनि बढ्ने छ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
यो साता कामका हिसाबले राम्रै बित्नेछ । जिम्मा लिएको काम पुरा गर्न र लागानी जोगाउन कडा प्रतिस्पर्धा गर्नु पर्नेछ । व्यबसाय बिस्तारका लागि लगानी बढाउन सकिने छैन । व्यापार व्यबसाय लाभ लिन बढि नै मेहनत गर्नु पर्नेछ । कामको बोझ बढेको तर लाभ सोहि अनुरुप नबढेको महशुस हुनेछ । तापनि समयले साथ दिनाले केहि अचल सम्पति जोडिने छ । आम्दानी केहि बढ्नेछ भने नसोचेको अवस्थामा खर्च गर्नु पर्ने परिस्थिती बन्नेछ । सन्तान शिक्षादिक्षामा केहि समस्या आउनेछ । जीवनसाथी संग मतभेद तथा मनमुटाब बढ्ने छ । खानपान नमिल्नाले पेटमा समस्या आउन सक्ने हुनाले सावधान रहनुहोला । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
साता उत्साहजनक रुपमा बित्नेछ । बाधा अडचन आए पनि बचत तथा अचल सम्पति बढ्नेछ । आम्दानीका स्रोतहरुलाई दिगो बनाउने प्रयास गरिनेछ । तपाँईका प्रतिस्पर्धी तथा बिरोधिहरु आफैं निस्तेज भएर जानेछन । अचल सम्पतिमा ऋणपान गरेर भए पनि लागानि गर्ने कोशिस गरिनेछ । यसले भबिश्यमा प्रतिफल पनि राम्रो नै दिनेछ । तपाँईका शत्रुहरु आफै पराजित हुनेछन । धर्मकर्ममा भने मन जाने छैन । पुराना बुढापाकाको सर-सल्लाहले जीवन मार्ग दर्शनमा टेवा मिल्नेछ । जीवनसाथीको कमजोर मनस्थिती र स्वास्थले केहि चिन्ता दिनेछ । खर्चको घटाउन राम्रै कोशिस गर्नु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 
आईतबारबाट साता राम्रै बित्नेछ । शैक्षिक क्षेत्र सम्बन्धि व्यबसायीका लागि यो समयले अपेक्षित लाभ दिनेछ । नयाँ लगानी गर्ने अवसर आउने छ। तर जता पनि सफल नभईने हुनाले आफूखुसी लगानी नगर्दा राम्रो हुनेछ । आफ्नो जिद्धिले लगानी गरेमा प्रतिफल सोचे अनु?प हुने छैन भने लगानी पनि डुब्न सक्नेछ । सम्बन्धित क्षेत्रका बिज्ञ तथा पारिवारिक शुभ चिन्तकह?को सल्लाहमा काम गर्दा फाईदा हुनेछ । पेशाकर्मीह?का लागि समय राम्रो छ भने पदोन्नतिका लागि बढि मेहनत गर्नु पर्नेछ । तर कुनै स्थानान्तरण हुने अवसर खोजिरहनु भएको छ भने सो सजिलै प्राप्त हुनेछ । सन्तान स्वास्थमा केहि गडबडी हुनाले चिन्ता महशुस गरिनेछ । घाँटि तथा पेटको स्वास्थ प्रति सचेत रहने कोशिस गर्नुहोला । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 
शु?मा साता उत्साहपूर्ण नै लागे पनि आईतबार र सोमबार नैराश्यता अनुभव हुनेछ । आफ्नो कमजोरीले गर्दा अ?ले फाईदा उठाउने छन । घरको पारिवारीक वाताबरणमा अ?को कुरा सुन्नाले केहि तनाव हुनेछ । तर समयले साथ दिनाले महत्वाकांक्षा पुरा गर्ने कोशिस गरिने छ । आफ्ना प्रतिस्पर्धी प्रति बदलाको भावना आउन सक्ने र सो कुराले आफैंलाई हानी हुने हुनाले नम्र बन्ने कोशिस गर्नु बेस हुनेछ । अचल सम्पतिमा भविश्यमा राम्रो प्रतिफल आउने गरि लगानीका अवसर पाईनेछ । सन्तानह?को बिदेशमा पठनपाठन गराउने अवसर जुटनेछ । आम्दानीको पाटो राम्रै रहनेछ । तर खर्च बढ्नाले मनमा केही असन्तोस पनि रहनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको शु?मा उच्च मनोबल अनुभव गरिने छ तर मंगलबार र बुधबार अवसादको अनुभव गरिनेछ । मनमा बिचारह? छिटो छिटो परिवर्तन हुनेछन । मन स्थिर हुन सक्ने छैन भने नकारात्मक सोचाइ बढि आउने छन । रोकिएका कामह? गर्न केहि जाँगर पलाउनाले काम गर्ने वातावरण बन्ने छ तर धैर्य भने गर्नु आवश्यक छ । साथीभाई तथा सहोदरले सहयोग गर्नेछन र काम पुरा गर्न सजिलो हुनेछ । बचत नबढे पनि आम्दानी पनि बढ्ने छ । खर्चको मात्रा अनायास बढ्न सक्ने हुनाले सचेत रहनु ज?री छ । औषधोपचारमा अनायास खर्च गर्नु पर्ने हुनसक्छ । दाम्पत्य सुखका लागि क्रोध नियन्त्रण गर्नु ज?री हुनेछ ।   

मकर (भो,जा,जी,खी,खू,खे,खो,गा,गी)
साता सोमबार देखी राम्रो हुनेछ । मनमा द्वन्द भए पनि व्यापार व्यवसायलाई बिस्तार गर्ने अवसर आउने छ । सम्पतिमा केहि खिचलो भए पनि बोलिको प्रभावमा बचत बढाउने मौका पाईनेछ । समय पुरै अनुकुल नभएको, बोलेको कुराको अरुले गलत अर्थ लगाई मानमर्दन गर्न सक्ने र बेसुरमा बोलिन सक्ने हुनाले सजग रहेर कुराकानी गर्नु राम्रो हुनेछ । साझेदारहरुले कुटिल बेवहार गर्न सक्ने हुनाले सचेत रहनु होला। तापनि साझेदारले गरेर नै काममा सफलता पनि पाईएला । भाग्यले साथ दिनाले थोरै भए पनि बचत भने बढ्नेछ ।  आम्दानी भने यो समयमा सामन्यत राम्रो नै रहनेछ । शेयरका लगानिकर्ताहरुलाई भने यो समयमा राम्रो फाईदा हुने देखिन्छ । खर्च कम गर्ने उपाय भने तपाँईका लागि चुनौतिपूर्ण हुनेछ ।   

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साता सामान्य रुपमा बित्नेछ । बुद्धि एकोहोरिनाले गलत निर्णय लिईन सक्ने छ तसर्थ महत्वपूर्ण काम गर्दा पर्याप्त सोच बिचार गर्नु जरुरी हुनेछ । परिस्थितीबस मुर्ख बनिन सक्ने हुनाले होस पुर्वक काम गर्नु पर्नेछ । मन मोजमज्जा तिर जानाले खर्च बढाउने छ । काममा केहि न केहि अफ्ठ्यारोहरु आएता पनि कामको उच्च मुल्याङ्कन हुनेछ । लाभको मात्रा सोचे अनुरुप नै हुनेछ । दिर्घकालिन आम्दानीका स्रोतहरु फेला पर्न सक्नेछन । दिगो र निरन्तर आम्दानीले घरमा बिलासिता तथा मनोरन्जनका साधनहरु जोडिने छन । शेयर ब्यापारीहरु लागि भने यो समय त्यति लाभकारी हुने छैन् । परोपकारी कामहरुमा पनि सहभागी भईने छ । उच्च शिक्षाका लागि समय उपयुक्त छ ।   
  
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 
यो साता औसत रुपमा बित्नेछ । बढेको खर्चको व्यबस्थापनमा समय र बुद्धि खर्चनु पर्नेछ । आफू सफल बन्न कुटनैतिक उपाय लगाउँदा बेस हुनेछ । खराब आचरणका साथीभाई र आफ्नो कमजोरीले गर्दा कुलतमा फसिने जोखिम बढ्नेछ । राज्य पक्षबाट कुनै सर(सहयोग सोचे अनुरुप पाईने छैन् । आफूले गरेको कामको यश अरुले नै लिनेछन । जसले गर्दा काम गर्न अल्छि लाग्न सक्नेछ । जीवनसाथीको स्वास्थ बिग्रन सक्ने हुनाले सचेत रहनुहोला । लाभको मात्रा राम्रै रहनेछ । धार्मीक तथा मांगलिक कार्यमा सहभागी भई आफन्तसंग भेटघाट गरेमा मनको द्वन्द कम होला । 

जोतिषबारे थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ:

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष