आज जेठ २१ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२१ जेठ २०७८ ६:०७

आज वि.सं.२०७८ साल जेठ २१ गते, शुक्रबार । सन् २०२१ जुन ४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।जेठ कृष्ण  पक्ष । नवमी तिथी। चन्द्रमा वृष राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १५ र सूर्यास्त बेलुकी ६ः४८ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खर्चले तनाव हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । यात्रामा सास्ती पाइनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा फाइदा हुनेछ । धनको सहयोग मिल्नेछ । सन्तानबाट सहयोग रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) रोजगारीमा अवसर पाइनेछ । सरकारी काम बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ । ठुला बडाबाट आश्वासन पाइनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गुप्त शत्रु पछि लाग्नेछन् । परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) प्रिय मित्रकोे साथ मिल्नेछ । यात्राको तय हुनेछ । भोजनको सुख मिल्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिष्पर्धामा जीत मिल्नेछ । आफन्तमा वादविवाद हुनेछ । विपक्षी हार खानेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सन्तानको साथ मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । घुमफिरमा दिन बित्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  मित्रतामा दरार आउनेछ । घरायसी विवाद हुनेछ । जोश जांगर हराउनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काममा उत्साह बढ्नेछ । स्थान परिवर्तन हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोलीवचनले साथदिनेछ । धनको सहयोग मिल्नेछ । कुटुम्ब भेटघाटहुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यक्तिगत काममा अलमल हुनेछ । पारिवारिक खुसियाली बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *