नवौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा जे देखियो...(फोटोफिचर)

१८ फाल्गुन २०७४

banner

काठमाडौँ। एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको नवौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आजबाट सुरु भएको छ। मेलाको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका हुन्।

पर्यटन कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त मेला करिब १० दिनसम्म चल्नेछ।

मेलामा नेपाल, भारत, बंगलादेश, मलेशियासहित ११ देशका साँस्कृतिक समुहका कलाकारहरुले सहभागिता जनाएका छन्।

उद्घाटनसँगै उनीहरुले आफ्नो देशको साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। नवौं महोत्सव काठमाडौसहित ललितपुर, गैडाकोट र पोखरामा समेत आयोजना गरिने आयोजकले जनाएको छ। 

तस्विरः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »