संघीय संसदको पहिलो अधिवेशनमा रंगीबिरंगी सांसद् (फोटोफिचर)

२० फाल्गुन २०७४

banner

काठमाडौँ । आज पहिलो संघीय संसद्को बैठक बस्दैछ। पहिलो संघीय संसद् बैठकमा भाग लिन विभिन्न भेष भुषामा सांसदहरु संसद भवनमा प्रवेश गरेका छन्।

दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्न लागेको हो।  

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही फागुन ८ गते नेपालको संविधानको धारा ९३ (१०) बमोजिम गरेको आह्वानअनुसार आइतबार दुवै सदनको बैठक बस्न लागेको हो।

संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन सक्ने भएकाले मातृभाषामा शपथ लिन चाहनेलाई समेत लक्षित गरेर विभिन्न भाषामा शपथ दिन लागिएको हो।

मातृभाषामा शपथ लिन चाहनेले भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषालगायतका भाषामा शपथ दिइनेछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »