संघीय संसद भवनमा कोमल ओलीको राष्ट्रियसभा शपथ (फोटोफिचर)

२० फाल्गुन २०७४

banner

काठमाड । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। त्यस अघि संघीय संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसदहरुलाई स्वागत गरेका थिए।

एमालेको समानुपातिक सूचीबाट सांसद बनेकी गायिका कोमल ओलीले पनि सपथ ग्रहण गरेकी छन्। रेडियो नेपालको जागिरबाट राजिनामा दिएर राजनीतिमा होमिएकी ओली राप्रपाबाट एमालेमा प्रवेश गरेकी थिइन्।

सांसदहरु विभिन्न भेषभुषामा संसद् भवन प्रवेश गर्दा कोमल ओली सारीमा र कोट लगाएकी थिइन्।

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाएका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »