२०१८ को ट्रेन्ड 'फिसटेल' आँखी भौं

२१ फाल्गुन २०७४

banner

एजेन्सी। फेशनमा वर्षै पिच्छे नयाँ-नयाँ फेशन ट्रेन्ड आउने गर्छ । र, त्यो फेसन संगै नयाँ(नयाँ मेकअप ट्रेन्ड पनि बढ्दै गैरहेको छ।

अहिले इन्स्टाग्राममा यस्तै नयाँ मेक-अप ट्रेन्ड आएको छ, फिसटेल आँखीभौं।

आँखीभौंलाई माछा आकारको बनाइने यो मेक-अप ट्रेन्ड पछ्याएका युवतीका फोटोहरु अहिले इन्स्टाग्राममा छ्याप्छ्याप्ती भेट्न सकिन्छ।

यस्तो आँखीभौं पेन्सिलको सहायताले बनाइने बताइन्छ। यसको लागि पेन्सिलले आँखीभौंको माथील्लो भाग बनाइन्छ र केही भाग माथी लगेर आँखीभौंको भूई देखाइन्छ। केहीले पनि थ्रेडिंग गर्दा मिलाउने गर्छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »