अमेरिकामा होली मनाउँदै नेपाली

२१ फाल्गुन २०७४

banner

अमेरिका । हिन्दुहरुको ठूलो पर्वहरुमध्ये होली पनि एक हो । विशेषगरी एकले अर्कोलाई रङ्ग तथा अविर दलेर मनाइने यो होली पर्व विश्वभरी छरिएर बसोबास गरिरहेका हिन्दु समुदायबीच हार्सोउल्लासका साथ मनाइन्छ ।

यसै अवसरमा अमेरिकामा बसोबास गरिरहेका नेपाली समुदायले पनि होली पर्व धुमधामका साथ मनाएको छ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बसोबास गर्ने नेपाली समुदायले होली पर्वमा रङ्ग तथा अविर दलेर मनाएको छ ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा नेपाली हेरिटेज युनियन (एनएचयु) ले आयोजना गरेको होली पर्वमा यहाँ बसोबास गरिरहेका नेपाली समुदायले विदेशमा रहेर पनि आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ होली पर्व मनाएको छ ।

उनीहरुले होली पर्वमा र‘ तथा अपवर दलेर सामुहिक फोटो समेत खिचाएका छन ।

तस्बिरः दीपेन्द्र गौतम, अमेरिका,

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष