अब चन्द्रमामा पनि फोरजी कनेक्सन

२२ फाल्गुन २०७४

banner

एजेन्सी । प्रकृतिले जन्माएको मानिसले आफ्ना विभिन्न प्रयोग र आविष्कारले प्रकृतिलाई नै चुनौती दिइरहेको छ।  

यसै सिलसिलामा आगामी वर्ष चन्द्रमामा पनि फोरजी कनेक्सन जोडिने भएको छ । विश्वका तीन अन्तराष्ट्रिय कम्पनीहरुले चन्द्रमामा आगामी वर्ष सम्ममा फोरजी सेवा प्रयोगगर्ने गरि साझेदारी गरेकाछन् ।

नोकिया, भोडाफोन र औडीले मून मिशनको माध्यमबाट चन्द्रमामा फोरजी लाने तयारी गरेकाहुन् । भोडाफोन जर्मनी, नोकिया र कारनिर्माता कम्पनी औडीले कम्पनीहरु मिलेर सो मिशनको लागि काम गरिरहेको जानकारी दिएकाहुन् ।

तीनवटै कम्पनीहरुले पहिलो पटक चन्द्रमामा मानव पाईला परेको दिनमानै ५० वर्षपछि चन्द्रमामा फोरजी कनेक्सन शुरुगर्ने जानकारी दिएकाहुन् ।

भोडाफोनले नोकियालाई यसमा प्रविधि साझेदार बनाएको छ जसले स्पेड ग्रेड नेटवर्क तयार गर्नेछ । यसको लागि एउटा विशेष किसिमको हार्डवेयर बनाईनेछ, जसको तौल १ किलोग्राम भन्दा पनि कमहुनेछ ।

भोडाफोनका अनुसार यसको लागि कम्पनी लेबर्लिनको पीटीसाइन्टिस्ट कम्पनीका साथमा काम गरिरहेको छ । सन् २०१९ मा स्पेस एक्सकोफाल्कन ९ रकेटको माध्यमबाट सो लन्चगरिनेछ । सोपरियोजनामा मोबाइल नेटवर्क पूर्वाधारको अत्याधुनिक प्रविधिकोप् रयोग गरिनेछ ।

योपरियोजनाको लागि औडीले लुनाररोभर निर्माण गर्नेछ जसले संचारको लागि नेटवर्कको प्रयोग गर्नेछ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »