रौतहटका मासु व्यावसायीमाथि गोली प्रहार

२३ फाल्गुन २०७४

banner

काठमाडौँ । रौतहटको राजपुरका एक स्थानीय व्यवसायीमाथि अपरिचित व्यक्तिद्वारा गोली प्रहार भएको छ। 

बुधबार बेलुका  मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले  राजपुर ३ बलुवाटोलका शेख शालिममाथि गोली प्रहार गरेका हुन्। 

स्थानीय मासु व्यवसायी समेत रहेका उनीमाथि  फतुवा प्राथामिक विद्यालय नजिकै गोली प्रहार भएको हो।

पेटमा गोली लागेका घाईतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको मोतिहारी पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »