भ्रुँणहत्या

१० चैत्र २०७३

banner

भावना पाठक
आमा, म आज सात इन्च लामो भए । मेरो सरिरमा सबै अंगहरु छन् । सबै अंग चलाउन सक्छु । मैले तपाइको आवाज पनि चिन्न थालेको छु । तपाइको आवाज धेरै मिठो लाग्छ मलाई ।

तपाइको प्रत्येक आवाज संगै म आफ्नो कोमल हात खुट्टा हल्लाउने प्रयास गर्छु । तपाइको मुटुको धड्कन नै मेरो एकान्तको साथी हो र म हुनुको अर्थ हो । आज मैले मुस्कुराउन सिकें । तर अझै पनि म सानै छु,बाहिरको संसारमा म आफुलाई सर्मपण गर्न सक्दिन, मलाइ यहि न्यानो र सुरक्षित छ,तर पनि बाहिरको संसार कस्तो छ र कहिले हेर्ने भनेर म दिन गनेर बसेको छु ।

आमा म तपाइको सन्तान हु, सायद यो कुरा सुनेर तपाइ खुसि हुनुभयो होला म सदा तपाइलाइ खुसि देख्न चाहन्छु आमा, तपाइ रुँदा मलाइ साह्रै दुःख लाग्छ । म नि तपाइ संगै रुन्छु तर तपाइले मेरो आँसु देख्नुहुन्न । आजभोली त मेरो कपालहरु पलाउन थाले । एकदम नरम र छोटो छ मेरो कपाल् । म प्रायः समय कसरत गरेर बिताउछु,अहिले त म हातखुट्टाको औलाहरु नि चलाउन सक्छु । अनि टाउको पनि यता उता हल्लाउन सक्छु ।

आमा, आज तपाइ बाबासंग डाक्टरकोमा जानुभो । उसले तपाइसंग झुट बोल्यो म कुनै रोग हो भनेर । यो सुनेर म कती धेरै रोए । तर मेरो चिच्याहट कसैले सुनेनन्, आमा म कुनै रोग हैन तपाइको सन्तान हो । तर एउटा कुरा मैले बुझिन आमा त्यो डाक्टरले मलाई किन रोग भन्यो भनेर ।

आमा आज फेरी तपाइ त्यो डाक्टरकोमा जानुभो । मलाइ त्यो डाक्टर मनै पर्दैन, ऊ एकदम निर्दयी छ । उस्ले मेरो न्यानो बासस्थानमा चोट पुर्याउदैछ । सियो जस्तै चुच्चो र धारिलो चिजले मलाइ धेरै पिडा भैरहेको छ, आमा, प्लिज विन्ती छ उसलाई रोक्नु भन्नुस न । म यहाँ असहाय दुखाइले छटपटाईरहेकी छु । बिन्ति छ मलाइ नमार्नुस, मलाइपनि बाहिरी सुन्दर संसार हेर्न दिनुस् । मेरो के गल्ति छ र ? आमा किन मलाइ यस्तो दर्दनाक मृत्यु दिदै हुनुहुन्छ ?

तपाइलाइ मेरो माया लाग्दैन आमा, मेरो अन्तिम सास मात्रै बाकि छ अब, आमा बिन्ति छ मलाइ बचाउनुस, म मर्न चाहन्न । आमा, आमा...आमा, म जति रोएपनी कराएपनि मेरो कुरा सुनिदिने कोहि भएन । तपाइले त बुझ्नुपर्थ्योनि आमा मेरो बिलौना । म रोएको त तपाइले सुन्नुपर्थ्योनि । तर तपाइले नि मेरो कुरा बुझ्नुभएन । म रोए चिच्याए, तर मेरो त्यो आवाज नेपथ्यमै बिलिन भयो आमा...म आउन सकिन यो धर्तीमा ।

म अहिले सुरक्षित छु भगवानको घरमा । भगवानको काखमा छु, उहाले मलाई धेरै माया गर्नुहुन्छ । तर आमा मलाई भगवानको यो काख भन्दा तपाइको कोखमा निकै आनन्द थियो । यहाँ मैले माया भन्दा बढी दया पाइरहेको छु । अकालमा मरेको एउटा बच्चीको रुपमा । हरेक सन्तानको चाहना हुन्छ, आमाको काखमा रमाउने र बाबाको हात समाएर संसार हेर्ने । त्यो सौभाग्य मैले पाइन ।

ऐले मैले सबै कुरा बुझें, किन तपाइले पनि मलाइ नअपनाउनुभएको ? मलाइ माफ गरिदिनुस आमा म छोरा भएर जन्मिन सकिन, तर मलाई तपाइसंग केहि गुनासो छैन सिर्फ भगवानलाइ यहि प्राथना छ कि अर्को जुनिमा पनि म तपाइकै कोखमा छोरा भएर हुर्किन पाउँ, तपाइ मलाई सम्झीएर कहिल्यै नरुनु ल । किनकि तपाइको आखाँमा आँसु देख्दा मेरो भक्कानो फुटेर आउछ ।

आमा, अहिले तपाइको कोखमा र काखमा कुनै सन्तान छैन । यो कुराले मेरो मन कति रुन्छ । तर पनि म केहि गर्न सक्दिन । आमा म यति चाहन्छु अर्को जुनीमा म तपाइको छोरा भएर जन्मिन पाउ । त्यो बेला मेरो आवाज तपाइले सुनिदिनुस है आमा । म तपाइको कोखमा फेरी बास पाउने आशा गर्दछु  । अहिलेलाई म जान्छु है । मलाई तपाइको धेरै याद आएर आएको, अब ढिला भयो, फेरी अर्को दिन आउछु है । आमा म तपाइको हरेक सम्झनामा आउँछु । बिपनामा त सकिन सपनामा भएपनि तपाइको समिप हुने प्रयास मात्र गरेको । कतै आमा मैले गल्ति त गरिन । म त तपाइको चाहना नै हैन नि है ।

यदि म तपाइको चाहना र खुसि थिए भने नि मेरो हत्या कसरि गर्न सक्नुहुन्थ्यो र । तर आमा यसमा तपाइको दोष छैन, म सन्तान भन्ने कुरा नै तपाइलाई कहाँ थाहा थियो र यो कुरा त बाबालाई मात्र थाहा थियो । डाक्टरले म छोरी भएको कुरा बाबालाई भनेको थियो आमा, बाबालाई यो कुरा चित्त बुझेन, उहाँलाई छोरी हैन छोरा चाहिएको थियो । मलाई त्यो झुट बोल्ने डाक्टर र छोराको आसमा मेरो हत्या गर्ने बाबा दुवै अपराधी लाग्छ ।

डाक्टरले म छोरी भएको कुरा बाबालाई भनेको थियो आमा, बाबालाई यो कुरा चित्त बुझेन, उहाँलाई छोरी हैन छोरा चाहिएको थियो । मलाई त्यो झुट बोल्ने डाक्टर र छोराको आसमा मेरो हत्या गर्ने बाबा दुवै अपराधी लाग्छ ।

तपाइले त म रोग नै हो भनेर बुझ्नुभएको थियो यदि म तपाईकि छोरी भनेर थाहा पाउनुभको भए त बिश्वाश थियो म अहिले तपाइको काखमा हुने थिए,मैले अकालमा मर्नु पर्ने थिएन । मेरो त्यो कोमल शरीर र आत्मा छुटाई फोहोरको कन्टेनरमा फाल्ने ति डाक्टर देखि आज नि मलाई सारै रिस उठेर आउँछ । तर भगवानले मलाई सान्त्वना दिनुहुन्छ पाप गरेपछि सजाय अवश्य भोग्नुपर्छ । त्यो दिन आउछ आमा त्यो डाक्टरको । मैले बिन्ति गरेको छु यसमा मेरो आमाको केहि दोस छैन ।

मेरो आमालाई कुनै सजाय नदिनुस् है भगवान भनेर मैले सधै प्राथना गरेको छु । यहाँ म जस्ता धेरै छन जो आफ्नो आमाको कोखबाट निर्मम तरिकाबाट धकेलिएका छन् । न आवाज कसले सुन्छ र बिन्ति गरेको कसले सुन्छ । म मुस्कुराउन थालेको थिए मेरो मुस्कान खोसियो । म हात गोडा चलाउन लागेको थिए हात गोडा नै काटियो । मेरो सबै कुरा लुटियो खोसियो र फोहोरको थुप्रोमा मिसिए म ।

आमाको कोखमा कति नरम थियो रमाउथे म नाच्थे म हास्थे म । तर मेरो सबै कुरा खोसियो । यस्तो पिडा अब कसैले नपाउन भनेर म भगवान साग कामना गरिरहेको छु ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »