एमालेको नेतृत्वमा माओवादीको 'सत्ता कब्जा' को यात्रा, टुलुटुलु हेर्दै 'बिचरो' कांग्रेस

२५ फाल्गुन २०७४

banner

जगदीश दाहाल 

पछिल्लो समय कांग्रेसमा आन्तरिक द्वन्द्व बढेको छ। एक पंक्तिबाट उठिरहेको नेतृत्व परिवर्तनको आवाजलाई दबाएको आरोप खेप्दै सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि यो बहसले नयाँ मोड लिएको छ। कांग्रेसभित्र एक खेमा छ, जसले पछिल्लो चुनावमा कांग्रेसको अप्रत्याशित पराजय नेतृत्वको भएको भन्दै नेतृत्व परिवर्तनको माग गरिरहेको छ। अर्कोतर्फ कांग्रेसभित्रै अर्को पंक्ति छ जसले शेरबहादुर देउवालाई नै संसदीय दलको नेता बनाएर यो सावित गरेको छ कि नेतृत्व परिवर्तन जरुरी छैन। यस्तो अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तन हुनु पर्ने वा नपर्ने भन्ने नयाँ बहस सृजना भएको छ। 

पछिल्लो समय कांग्रेसको अवस्था हेर्दा ऊ निकै कमजोर हुँदै गइरहेको आभास हुन्छ। यो अवस्थाले आउने दिनमा अगाडि आइपर्ने समस्या र चुनौती सामना गर्न अहिलेको कांग्रेस नेतृत्व सक्षम छ वा होला भन्न सकिने अवस्था छैन। किनभने आफैं घर बनाउनु निकै कठिन कुरा हो। अर्कोतर्फ बनेको घरमा पसेर बस्नु र स्वार्थका लागि त्यो घरमा संलग्न हुनु फरक कुरा हो। बनिसकेको घरमा आफ्नो स्वार्थको लागि पस्ने र बस्ने किसिमको नेतृत्वले आउने दिनमा चुनौती झेल्न वा सामना गर्न सक्दैन। 

जनयुद्धकालमा माओवादी बन्दुबाट सत्ता कब्जा गर्ने रणनीतिमा थियो। तर,यो संभव नभएपछि माओवादी पनि संसदीय राजनीतिमा आयो । पछिल्लो समय माओवादी आफ्नो पुरानो रणनीतिबाट पछि नहटेको प्रस्ट हुँदै गएको छ। हतियारबाट गर्न नसकेको सत्ताकब्जा अहिले संसदबाट गर्ने रणनीतिमा बाम गठबन्धन छ, यसमा एमालेले नेतृत्व गरिरहेको छ।

नेपाली कांग्रेसका वर्तमान सभापति लामो राजनीतिक इतिहास बोकेका विद्यार्थी संगठनबाट राजनीतिक संगठन चलाउँदै आएका व्यक्तित्व भएको करामा दुईमत छैन। कांग्रेसमा उहाँको ऐतिहासिक भूमिका भएपनि विगत २० वर्षदेखि यताको उहाँको राजनीतिक शैली, स्वभाव, व्यवहार हेर्दा निश्चित स्वार्थ बोकेका मान्छेबाट उहाँ घेरिनु भएको भान हुन्छ। उहाँका पछिल्ला कार्यशैली हेर्दा उहाँ आफू पनि राजनीतिक रुपले र सैद्धान्तिक रुपले त्यही ठाउँमा नभएर निश्चित स्वार्थको पछि लाग्नुभएको भन्न सकिने अवस्था आएको छ। सभापति देउवा पनि पछिल्लो समय फरक अर्थात विसाली जीवन यापन गर्न रुचाउने, सबै भन्दा राम्रो घरमा बस्न रुचाउने, सबै भन्दा राम्रो गाडी चढ्न र राम्रो लगाउन र आफू अनुकुलका मान्छेसँगको सामिप्यमा रमाउने खोज्ने जस्तो देखियो । जसले गर्दा कांग्रेसको वर्तमान नेतृत्वले आउने दिनमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न कठिन हुने पूवंसंकेत देखिएको छ। 

लेखक

जनयुद्धकालमा माओवादी बन्दुबाट सत्ता कब्जा गर्ने रणनीतिमा थियो। तर,यो संभव नभएपछि माओवादी पनि संसदीय राजनीतिमा आयो । पछिल्लो समय माओवादी आफ्नो पुरानो रणनीतिबाट पछि नहटेको प्रस्ट हुँदै गएको छ। हतियारबाट गर्न नसकेको सत्ताकब्जा अहिले संसदबाट गर्ने रणनीतिमा बाम गठबन्धन छ, यसमा एमालेले नेतृत्व गरिरहेको छ। यहाँ एउटा नेपाली आहान सान्र्दभिक हुन्छ, ‘ बाघ जति भोको भएपनि घाँस खाँदैन’ त्यस्तै एमाले पनि जति लोकतान्त्रिक भनिएपनि उ कम्युनिष्ट नै हो ।  कुनै बेला कांग्रेस बलियो र आफू कमजोर हुँदा अस्तित्वकै लागि लोकतान्त्रिक बनेको एमाले अहिले कांग्रेस कमजोर र कम्युनिष्ट शक्तिशाली भएको अवस्थामा आफ्नो असली अवस्थामा फर्किएको छ।

बाम गठबन्धनले दुई तिहाइ बहुमत संसदमा सिद्ध गरेर संविधान, कानुन आफू अनुकूल बनाउँदै अघि बढ्न चाहेमा पछिल्लो अवस्थाको कांग्रेसले रोक्न सक्ने स्थिति छैन।

बाम गठबन्धनले दुई तिहाइ बहुमत संसदमा सिद्ध गरेर संविधान, कानुन आफू अनुकूल बनाउँदै अघि बढ्न चाहेमा पछिल्लो अवस्थाको कांग्रेसले रोक्न सक्ने स्थिति छैन। प्रमुख प्रतिपक्षी नै निरीह हुने यो अवस्थामा बाम गठबन्धनले सबै राज्यसत्तालाई आफ्नो अनुकूल राखेर संविधानमा उल्लेख भएको ‘समाजवाद उन्मुख’ शब्दलाई आफू अनूकूल परिभाषित गर्दै ‘कम्युनिज्मतर्फको सर्वसत्तावाद’ तिरको आफ्नो यात्रातर्फ अगाडि बढ्न सक्ने सम्भावना बलियो छ। यी  कुरालाई चिर्दै जनता र कार्यकर्ता जागरुक गर्न र संविधान र व्यवस्था बचाउन नेपाली कांग्रेसको अहिलेको नेतृत्व समक्ष होला जस्तो देखिँदैन। 

नेपाली कांग्रेसमा अब नेतृत्व परिवर्तन आवश्यक छ। यो आम जनता र नेपाली कांग्रेसका शुभचिन्तकको माग हो। अहिले भएका सभापतिसहित अन्य शीर्षस्थ नेताहरु पार्टीको सम्मानित नेता भएर बस्न तयार हुनुपर्छ। पार्टी हाँक्न, संगठन गर्न, जनताको मत जित्न र आगामी चुनौतीको सामना गर्न नेपाली कांग्रेसको सिद्धान्त मर्म भावना र जनआकांक्षा बुझेर मुलुकलाई दिशा दिनसक्ने नयाँ नेतृत्वको आवश्यकता छ। भर्खरै सम्पन्न कांग्रेस संसदीय दलको चुनावले के देखायो भने जनताको भावना र प्रतिनिधिले परिवर्तन खोजे तर केही स्वार्थ समूहले अहिलेकै नेतृत्वलाई रुचायो। अहिलेको परिणामले त्यही देखायो। 

प्रत्यक्षबाट चुनाव जितेर आएकाले परिवर्तन खोजे, त्यसको बहुमत नयाँ नेता छानिनुपर्ने पक्षमा गयो । तर, किनबेच र स्वार्थका भोटले पुरानै नेतृत्वको पक्षमा आफूलाई उभ्यायो। अहिलेको वास्तविकता यही हो र सबैले बुझ्दा यही बुझेका छन्। पछिल्लो समय कांग्रसले ‘किन बन्यो बाम गठबन्धन?’ भन्ने प्रश्नको जवाफ बुझ्नैपर्छ । बाम गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै अन्य दलहरुलाई पनि समेटेर दुई तिहाइ बहुमत पु¥याउन खोजिनुको पछाडि के कारण छ ? आफू अनुकूलका अन्य दलहरुलाई पनि किन समेट्न खोजिँदैछ र कस्तो यात्रा तय गरिँदैछ भन्ने विषयमा दुई मत राख्नुपर्ने अवस्था छैन। 

सरकारले केही दिन अगाडि मात्रै विभागीय मन्त्रालय अन्तर्गतका विभागहरु पनि प्रधानन्त्री कार्यालय अन्तर्गत ल्याइनुबाट प्रधानमन्त्री सर्वसत्तावाद भएर अगाडि बढ्न खोजेको देखिन्छ। संघीय संरचना अनुसार शक्ति विकेन्द्रीकरण हुनुपर्नेमा त्यसो नभएर नभएर शक्ति केन्द्रीकरण गरेर प्रधानमन्त्री शक्तिशाली कार्यकारीतर्फ उम्मुख भएको देखिन्छ।

भोलि संसदलाई अदालतलाई, अख्तियारलगायत सबै संवैधानिक निकायलाई कार्यकारी प्रमुख अन्तर्गत राखेर जाने र अनुकूल मिलाएर विकास र समृद्धिका नाममा जनतालाई बोल्नेसम्म पनि अधिकार नदिएर यी अगाडि बढ्ने दिन नआउला भन्न सकिँदैन। त्यस्ता परिस्थिति आउँदा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा लविङ गर्न, जनतालाई साथ लिन र चुनौती सामना गर्न नेपाली कांग्रेसमा नयाँ नेतृत्व आवश्यक छ। यो संसदीय दलको चुनावमा भएजस्तो गल्ती महाधिवेशनमा दोहोरिँदैन भन्ने लाग्छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष