नक्कली साँचो प्रयोग गरी पार्किङ स्थलबाट स्कुटर चोरी गर्ने गिरोह पक्राउ

२५ फाल्गुन २०७४

banner

काठमाडौँ । पार्किङ स्थलहरुमा राखेको स्कुटरहरुमा नक्कली साँचो प्रयोग गरी स्कुटर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
पक्राउ पर्नेहरुमा काभ्रे धुलिखेल नगरपालिका–५ घर भएका १८ बर्षीय दिपक लामा, काठमाडौँ महानगरपालिका–१९ मरुहिटी बस्ने २० बर्षीय रोशन जोशी र सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भएका १८ बर्षीय सुसान आले मगर रहेका छन्।

उनीहरुले उपत्यकाका बिभिन्न स्थानमा पार्किङ गरी राखेका स्कुटरहरुमा नक्कली साँचो प्रयोग गरी स्कुटर चोरी गरेको सुचना पाएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले विहीबार पचली मन्दिर परिसर अगाडिबाट उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो। उनीहरुलाई स्कुटर चोरी गरी लिएर हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

बुधबार बेलुका वसन्तपुरमा पुजा श्रेष्ठले पार्किङ गरी राखेको ग.५प १९१७ नम्बरको स्कुटर चोरी गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
 
प्रहरीले उनीहरुबाट बा.५३ प ३३९१,ग.५ प १९१७ र बा.५३ प ३६२५ नम्वरको स्कुटर र स्कुटर चोरी गर्न प्रयोग गर्ने साचो १ थान समेत बरामद गरेको छ। उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष