फागुन २६ देखि चैत २ गतेसम्मको साप्ताहिक राशिफल

२६ फाल्गुन २०७४

banner

मेष
मनमा खिन्न आउनेछ। पुराना कुराले सताउनेछ। बुढापाक व्यक्तिका कुराहरु सुन्न मन लाग्नेछ। सोचेका कामहरु पुरा नहुन सक्छन्। तर पद उन्नतीका लागि भने बाधा हुने छैन्।

वृष राशि
वृष राशिभएका हरुको यो साता सोचे अनुरुपको हुने छैन्। मेहनत बढी गर्नु पर्नेछ। बारम्बार दोहोर्याएर काम नगरी सफलता पाउन सकिने छैन्। बोल्दा ध्यान नदिदा आफ्नो कमजोरी अरुलाई थाहा हुन सक्छ।

मिथुन राशि
मिथुन राशि भएकाहरुका लागि यो साता चुनौती पूर्ण हुनेछ। बोल्दा ध्यान दिनुहोला, मान हानी हुन सक्छ। खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखिन सक्छ। दाँतका विरामीलाई यो साता पीडादायी हुन सक्छ। जीवनसाथीसँग खटपट हुने सम्भावना छ।

कर्कट राशि
कर्कट राशि हुनेहरुका लागि यो साता मध्यम छ। मनोकांक्षा पुरा गर्ने समय विस्तारै आउने भएकाले धैर्य रहनुहोला । दण्ड जरीवाना हुनर सक्छ सावधन रहनुहोला। घरको स्थिती सामान्य रहने छ। पढनपाढन पनी समान्य रहने समय छ।

सिंह राशि
सिंह राशि हुनेहरुका लागि यो साता चुनौती पूर्ण रहनेछ। व्यापार व्यवसाय समान्य रहनेछन्। लगानीका काम सोचेर मात्र गर्नुहोला, घाटाहुने सम्भावना छ। आफ्नो सिपले काम गर्न नसक्ने भएकाले साथीभाइको भर पर्नु पर्ने योग छ।

कन्या राशि
कन्या राशि भएकाहरुका लागि यो साता सुखमय रहनेछ। पारिवारीक मनमुटाव तथा जीवन साथीसँगको झगडा हटेर जाने छ। व्यवसायमा सोचेको भन्दा राम्रो लाभ प्राप्त हुने योग छ। घर जग्गा किन्न चाहनेहरुका लागि यो साना निकै उत्तर रहनेछ।

तुला राशि
तुला राशि हुनेहरुका लागि यो साता अलि चुनौतीपूर्ण छ। जीवनमा जिम्मेद्वारी बढेको महशुस हुनेछ। सोचेका काम नहुन सक्छन् तर सहयोग भने पाइने छ।

वृश्षिक राशि
वृश्षिक राशि हुनेहरु यो साता अलि सम्हालेर बस्नु पर्नेछ। झै झगडा हुने सम्भावना बढेकाले होस् पुर्याउनुहोला। घरमा महिला सदस्यको स्वास्थ्य बाहेक खासै चुनौती आउने छैन्। मांगलीक कार्यमा भेटघाट भइरहने भएकाले तपाईको मन अहिलकति शान्त रहनेछ।

धनु राशि
धनु राशि भएका हरुका लागि यो साता चुनौती पूर्ण बन्नेछ। यो साता मात्र नभइ यो महिना पनि चुनौती पूर्ण छ। मनमा साहस र उत्साह भएपनि सोचेको जस्तो अवसर प्राप्त नहुन सक्छ।

मकर राशि
मकर राशि हुनेहरुका लागि यो साता चुनौती पूर्ण रहनेछ। दोधार उत्पन्न हुँदा कुनै काम पनि सही रुपमा सम्पन्न नहुन सक्छन्। बोलेका कुराहरु पुरा नहुन सक्छन्। घाँटीको समस्याले सताउने सम्भावना छ।

कुम्भ राशि
कुम्भ राशि हुनेहरुका लागि यो साता सामान्य छ। लामा समयदेखि देखिएको दोधारको स्थिती हटेर जानेछ। तर सोचे अनुसार तपाईको काम नहुन सक्छ। १, २ महिनापछि मात्र ठूलो निर्णय लिनुहोला।

मिन राशि
मिन राशि हुनेहरुका लागि यो साता निकै राम्रो छ। सोचेका काम पुरा हुँदा आफूमा मै हुँ भन्ने भावना पैदा हुनेछ। आफुलाई घमण्डबाट टाडा राख्नुहोला ।

जोतिषाचार्य : भानुराज अर्याल

पुरा राशिफल भिडियोमा

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष