मोटरसाइकल चोरी गर्ने चार आरोपी पक्राउ

२६ फाल्गुन २०७४

banner

बर्दिवास । इलाका प्रहरी कार्यालय बर्दिवासले चोरीका मोटरसाइकलसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ ।

मोटरसाइकल चोरीमा संलग्न सर्लाहीको हरिऔन–२ का २० वर्षीय नागेन्द्र महतो, हरिऔन–३ का १८ वर्षीय रमेश कुशवाहा, २० वर्षीय सरोजकुमार महतो र १८ वर्षीय सञ्जय महतोलाई प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीले बर्दिवास औरहीरोडस्थित सूर्या आर्ट्सबाट एक महिनाअघि चोरिएका दुई मोटरसाइकल र अर्को एक मोटरसाइकल सर्लाहीको हरिऔन नगरपालिकाको २ र ३ नम्बर वडाबाट फेला पारेको थियो।

चोरीका घटना बढ्दै गएपछि विशेष टोली नै बनाएर थालिएको अनुसन्धानबाट उनीहरुलाई पक्राउ गर्न सकिएको इप्रका बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए।

बर्दिवास नगरका बुद्धचोक, लचका र औरही रोडबाट गतभदौ १३ यता हालसम्म १२ वटा मोटरसाइकल चोरी भएका उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष