हजारौं वर्ष अघि गरिएका दश भविष्यवाणी अहिले सत्य सावित भएपछि...

२७ फाल्गुन २०७४

banner

एजेन्सी। श्रीमद्भागवत पुराण हिन्दू धर्मको सबैभन्दा महन्वपूर्ण ग्रन्थमध्ये एक हो। यो ग्रन्थको रचना आजभन्दा करिव पाँच हजारवर्ष पहिला भएको विश्वास गरिन्छ। 

तपाइँ यो जानकारी पाएर आश्चर्यमा पर्नसक्नु हुन्छ की  कलियुगमा के के हुन्छ, यसको भविष्यवाणी यो पुराणमा पहिल्यै गरिएको छ। श्रीमद्भागत पुराणमा कलियुगसँग सम्बन्धित दश भविष्यवाणी

१) कलियुगमा पुरुष र स्त्री बिना विवाह रुची पूर्वकसँगसँगै बस्छन्। व्यापारको सफलता छलकपटमा निर्भर हुन्छ। पहिलाका जमानामा जुन ब्राह्मण हुन्थे उनीहरु शरीरमा धेरै चीन धारण गर्थे। तर, कलियुगमा उनीहरु केवल एक धालो लगाएर आफू ब्राम्हण भएको दाबी गर्छन्।

२) धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया जीवनको अवधि, शारीरिक शक्ति र स्मृति सबै दिनानुदिन घट्दै जान्छ।

३) कलियुगमा जुन व्यक्तिसँग जति धन हुन्छ, त्यो व्यक्ति त्यति नै धेरै गुणी मानिन्छ। र, कानुन,न्याय केवल शक्तिका आधारमा लागू हुन्छ।

४) जुन व्यक्ति घुस दिन र धन खर्च गर्न असर्मथ हुन्छ, त्यस्ता व्यक्तिले राम्रोसँग न्याय पाउन सक्दैन। जो व्यक्ति चलाख र स्वार्थी हुन्छ कलियुगमा त्यस्ता व्यक्तिलाई विद्वान मानिन्छ।

५) यो युगमा जो व्यक्तिसँग धन हुँदैन, त्यो अधर्मी, अपवित्र र काम नलाग्ने मानिन्छ।  विवाह दुई जनाबीच एक सम्झौता बनेर रहन्छ र मानिसहरु स्नान गरेपछि आफू अन्तरआत्मादेखि शुद्ध भएको अनुभव गर्छन्।

६) मानिसहरु टाढाको नदी र तलावलाई तीर्थस्थल मान्छन् तर, आफूँसँगै भएका आमा बुवाको निन्दा गर्छन्। अनि टाउकोमा लामो लामो कपाल राख्नु सुन्दरता भएको मान्छन र मानिसहरुको एउटै लक्ष्य भनेको आफ्नो पेट भर्नु हुनेछ।

७) कहिले खडेरी पर्छ, कहिले जाडो महिनामा पनि भीषण पानी पर्छ। कहिले आँधी आउँछ, कहिले बाढी आउँछ। यस्तो बेला मानिसहरु दुखी र नष्ट हुन्छन्।

८) अकाल र अत्याधिक करका कारण मानिसहरु दुखी भएर घर छोडेर सडक र पहाडमा बस्न बाध्य हुन्छन्। र, पात रुखका जरा, मासु, फल फूल खान बाध्य हुन्छन्।

९) धर्म कर्मको काम केवल मानिसलाई देखाउनकालागि गरिन्छ। पृथ्वी भ्रष्ट मानिसहरुले भरिन्छ। मानिसहरु सत्ता हासिल गर्न एकअर्काको हत्या गर्न थाल्नेछन्। 

१०) मानिसहरु भोक प्यासलगायतका चिन्ताले दुखी हुन्छन्। कयौं प्रकारका रोग लाग्छ। कलियुगमा मानिसको उमेर केवल २० वा तीस वर्षको मात्र हुन्छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष