टी-२० क्रिकेट : जितपछि मैदानमा क्रिकेटरको यस्तो डान्स, सामाजिक सञ्जालमा भाइरल

२७ फाल्गुन २०७४

banner

काठमाडौँ । खेल जितेपछि खुसियाली मनाउने अलग-अलग तरिका चर्चामा छन्। कोलम्बोमा जारी टी-२० क्रिकेटमा गएराति भएको खेलमा श्रीलंकालाई हराउदै बंगलादेशले रोचक जित निकाल्यो।

बंगलादेशको जितका लागि अन्तिम चरणमा क्रिकेटर मुस्फिकुर रहीमको महत्वपूर्ण भूमिका रह्यो। तर उनी जितका कारण हैन मैदानमा देखाएको खुसियाली मनाउने तरिकाबाट चर्चामा छन्।

अन्तिम ओभरको खेलमा बंगलादेशलाई जितका लागि ९ रनको आवश्यक थियो। स्ट्राइकमा थिए मुस्फिकुर।

अन्तिम ओभरमा उनले नडराएर निर्धक जितका आवश्यक रन जोडे। जितपछि उनको खुसी निकै आक्रामक थियो। त्यती मात्रै हैन, उनले मैदानमै 'नागिन डान्स' गर्न थाले । उनको उक्त डान्स अहिले सामाजिक सञ्जालमा निकै भाइरल बन्दै गएको छ।

भारत, श्रीलंका र बंगलादेश सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरीजको तेस्रो ‘टी–२०’ खेलमा बंगलादेशले गएराति श्रीलंकालाई ५ विकेटले पराजित गरेको गर्यो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »