५ लाख रुपैयाँ सहित ४७ जना जुवाडे पक्राउ

२७ फाल्गुन २०७४

banner

काठमाडौं । समाजमा हुने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्न खटिएको प्रहरीले काठमाडौंका बिभिन्न स्थानबाट ४७ जना जुवाडेहरुलाई करिब ५ लाख रुपैयाँ सहित हिजो शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिकास्थित ग्रिन हिल रिसोर्टमा जुवा खेलिरहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ ढाक्सीस्थित ग्रिन हिल रिसोर्टमा जुवा खेलिरहेका सोही नगरपालिका–५ सिसिपिडी बस्ने ३० वर्षीय हिरा महर्जन सहित १८ जनालाई प्रहरीले शनिबार नगद ३ लाख ६८ हजार ५ सय १५ रुपैयाँ र ओखर ९ थान सहित पक्राउ गरेको हो ।

यस्तै काठमाडौं महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित केशव थापाले संचालन गरेको गणपती गेष्ट हाउसमा जुवातास खेलिरहेका किर्तिपुर बस्ने मकवानपुर घर भएका ३६ वर्षीय दिनेश तामाङ सहित १० जनालाई नगद ७३ हजार ७ सय ५० रुपैयाँ र ५ बुक तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित प्रेम लामाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने सिन्धुली घर भएका ३१ वर्षीय बसन्त सुनुवार सहित ७ जनालाई प्रहरीले शनिबार नगद २१ हजार ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने रिमेश श्रेष्ठको घरमा जुवातास खेलिरहेका श्रेष्ठ सहित ७ जनालाई नगद २१ हजार ९ सय ५० रुपैयाँ र ३ बुक तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।      

यसैगरी काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा सिन्धुली घर भएकी जानकी काफ्लेले संचालन गरेको जानकी होटलमा जुवातास खेलीरहेका ५ जनालाई प्रहरीले शनिबार नगद ५७ हजार ७ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष