प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइभन्दा धेरैको बहुमत !

२७ फाल्गुन २०७४
banner

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइभन्दा बढी सांसदको समर्थन पाएका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले संसदमा ७७ प्रतिशत भन्दा बढी सांसदको मत पाएका छन् । 

आइतबार संसदमा कूल २६८ सांसद उपस्थित थिए । तीमध्ये २०८ सांसदले ओलीको पक्षमा मतदान गरेका हुन् । उनको विपक्षमा ६० मतमात्र परेको थियो । ओलीको विपक्षमा कांग्रेसको मत मात्र परेको छ र बाँकी सबैले ओलीलाई समर्थन गरेका छन् । ओलीले प्रतिनिधिसभामा पाएको मत दुई तिहाइभन्दा पनि बढी हुन्छ । स्मरणीय छ– संसदको दुई तिहाइ बहुमतले संविधान संशोधनदेखि राष्ट्रलाई दूरगामी प्रभाव पार्न सक्ने निर्णय गर्न समेत अधिकार पाइन्छ । 
 

ताजा भिडियो

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।