यी हुन् विश्वका सबैभन्दा हिंस्रक शहर

२८ फाल्गुन २०७४

banner

बीबीसी। विश्वका राम्रा शहर र शान्त शहरका सूचि बेला बेलामा सार्वजनिक हुने गरेका छन्। तर, केही दिन पहिला विश्वका सबैभन्दा हिंस्रक शहरको सूचि पनि सार्वजनिक भएको छ।

यो सूचिमा सबैभन्दा हिंस्रक शहर ल्याटिन अमेरिकामा भएको उल्लेख छ। मेक्सिकोको नागरिक संगठन सिजीटन काउन्सिजल फर पब्लिक सेफ्टी एण्ड क्रिमिनल जस्टिस (सीसीएसपीजेपी) ले जारी गरेको एक रिपोर्टले विश्वका हिंस्रक ५० शहरको सूचि जारी गरेको छ।

यो संगठनले एक लाख स्थानीय निवासको हत्याको आँकलन गर्दै यो सूचि जारी गरेको बीबीसीले जनाएको छ। यी शहरमध्ये १७ ब्राजीलमा, १२ मेक्सिकोमा, पाँच भेनेजुयलामा, तीन कोलम्बियामा र दुई होण्डुसरमा छन्। त्यसबाहेक एल साल्वाडोर, ग्वाटेमाला र प्यूर्तो रिकोमा एक एक त्यस्ता शहर भएको उल्लेख छ।
हिंसाले बनेको एक नम्बरको शहर

मेक्सिकोको उत्तर–पश्चिम प्रान्तको क्यालिफर्निया सू को लस काबोस शहर एक पर्यटकीय स्थल हो। तर,यो वर्ष यो शहरलाई यो वर्ष विश्वको सबैभन्दा हिंस्रक शहरको सूचिको पहिलो नम्बरमा राखिएको छ। 

सीसीएसपीजेपीले तीन लाख जनसंख्या भएको यो शहरमाथि गरेको अध्ययनले पछिल्लो समयमा यहाँ तीव्र रुपमा हिंसा भइरहेको देखाएको छ। एक वर्षमा यहाँ पाँच सय प्रतिशतले हिंसामा बृद्धि भएको छ।

२०१६ मा यहाँ ६१ हत्याका घटना भएका थिए। २०१७ मा यो शहरमा ३६५ हत्याका घटना भएका थिए। मेक्सिकोमा एक लाख व्यक्तिको भएको छ।  यहाँ अहिले पनि हिंसामा निकै बढोत्तरी भएको छ। २०१५ मा यो सूचिमा मेक्सिकोमा पाँच वटा शहर थिए। तर अहिले १२ शहर यो सूचिमा परेका छन्। योसँगै २०१७ मा विश्वका दश हिंस्रक शहरमध्ये पाँच वटा मेक्सिकोमा छन्।

मेक्सिकोमा यति धेरै हिंसाको कारण के हो? सीसीएसपीजेपीका अनुसार मेक्सिकोमा आपराधिक समूह विरुद्धको लडाइँको कुनै  मार्गचित्र छैन। 
दोस्रो नम्बरमा कराकस

भेनेजुयलाको कराकस शहर हिंस्रक शहरको सूचिमा विगतमा पहिलो स्थानमा थियो।  जसलाई लस काबोसले यो पटक दोस्रो स्थानमा पुर्याएको छ। यहाँ एक वर्षमा ३ हजार ३८७ हत्याका घटना भएका छन्। एक लाख जनसंख्या रहको यहाँ हत्याको दर करिव १११ प्रतिशत छ। सीसीएसपीजेपीका अनुसार हिंसाको आधिकारिक डाटा पाउन निकै मुश्किल पर्यो।

सीसीएसपीजेपीका अनुसार ४० लाख मानिस देश छोडेर भागी सकेका छन्। यी मध्ये आधाले तीन वर्षको अवधिमा देश छोडेका हुन्।
यी नराम्रा समाचारकाबीच एउटा राम्रो  समाचार पनि छ। केही यस्ता शहर पनि छन्, जहाँ हिंसामा निकै कमी आएको छ। मध्य अमेरिकी शहरमा हिंसामा कमी आएको छ। 

होण्डुरसका सेन पेड्रो सुला हिंस्रक शहरको सूचिबाट तल झरेको छ। २०१६ मा यो शहर हिंस्रक शहरको सूचिमा तेस्रो नम्बरमा थियो। २०१७ मा २६ औं स्थानमा आएको थियो। एक वर्षमा हत्याको दरमा ५४ प्रतिशतले कमी आएको छ। एक लाख जनसंख्या भएको यो शहरमा पहिला ५२ प्रतिशत हत्याका घटना हुने गरेका थिए। अब यहाँ हत्याको दर २१ प्रतिशतमा झरेको छ।

सीसीएसपीजेपीका अनुसार हिंसाको कमी आफैं भने भएको होइन। होण्डुरस सरकारले आपराधिक समूह विरुद्ध उठाएको कडा कदमका कारण हिंसाका घटनामा कमी आएको हो। ५० शहरको सूचिमा अमेरिकाको सेन्ट लुइस, दक्षिण अफ्रीकाको केपटाउन जस्ता शहरपनि छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »