जब रुसी राष्ट्रपति पुटिनले यात्री सवारी जहाज दुर्घटना गराउने आदेश दिए...

२८ फाल्गुन २०७४

banner

बीबीसी।  रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले एक डकुमेन्ट्री फिल्ममा आफूले एक यात्रु वहाक विमानलाई दुर्घटना गराउन आदेश दिएको बताएका छन्। किनभने सो विमानमा बम थियो र २०१४ मा आयोजना भएको शीतकालीन ओलम्पिकमा आक्रमण हुने वाला थियो।

यो दुई घण्टाको डकुमेन्ट्रीलाई अनलाइनमा रिलीज गरिएको छ। डकुमेन्ट्रीमा राष्ट्रपति पुटिनले भनेका छन्, ‘ खेल सुरु हुनु भन्दा पहिला मलाइ के जानकारी आयो भने युक्रेनबाट टर्की जाने जहाज अपहरण भयो। तर समाचार गलत थियो र प्लेनलाई केही पनि गरिएन।’

यो डकुमेन्ट्री त्यतिबेला आयो जब, १८ मार्चमा रुसमा राष्ट्रपति पदको चुनाव हुँदैछ र पुटिनको जित्ने संभावना धेरै छ।  पुटिनलाई सात जनाले चुनौती दिएका छन्। तर उनीहरुमध्ये कसैलाई पनि बलियो समर्थन प्राप्त हुने संभावना कम छ।  प्रमुख प्रतिपक्ष नेता एलेक्सी नवलनीलाई त चुनावमा भाग लिन नै प्रतिबन्ध लगाइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनले सो डकुमेन्ट्रीमा भनेका छन्, ‘युक्रेनबाट इस्तानबुल जाने एक जहाजलाई अहपरण गरियो र अपहरणकर्ताले जहाजलाई सोचीमा ल्याण्ड गर्न आदेश दिए।’

रिर्पोटर एण्ड्रे कन्भ्दाशोवका अनुसार टुर्किस  पेगेसस एयरलाइन्स बोइङ७३७–८०० जहाज, जो हार्किवबाट इस्तानबुल ११० यात्रीलाई लिएर जाँदै थियो, जहाजको पाइलटले विमानमा सवार एक यात्रीसँग बम भएको र उसले जहाजलाई सोचीमा अवतरण गर्न आदेश लिएको बताएका थिए।
डकुमेन्ट्रीमा पुटिन भन्छन्, ‘सुरक्षा अधिकारीले मलाइ के बताए भने यस्तो अवस्थामा प्रक्रियाको हिसावले जहाजलाई दुर्घटना गराउनु ठिक हो भन्ने सुझाव दिए। मैले उनीहरुलाई प्रक्रियाका हिसाव अनुसार नै काम गर्न भने।’

‘त्यसपछि मलाइ अर्को फोन आयो,जसबाट के थाहा भयो भने त्यो खबर सत्य थिएन,’ उनले भने। त्यसको केही समयपछि उनी ओलम्पिक समारोहमा पुगे। रोयटर्सका अनुसार राष्ट्रपति कार्यालयका प्रवक्ता दमित्री पेस्कोवले पनि पुटिनको भनाइलाई पुष्टि गरेका छन्। 
यो डकुमेन्ट्रीको पहिलो भाग सामाजिक संजालमा पोस्ट गरिएको छ। पोस्ट भएको एकाउण्टमध्ये एक मिडिया म्यानेजर र टिप्पणीकार दमित्री किसेल्योव र एक राष्ट्रपति समर्थक यूट्युव एकाउन्ट छ।

यो डकुमेन्ट्रीमा टिभी प्रस्तोता र पुटिनका संचार सचिव कन्द्राशोवले पुटिनसँग सोधेका छन्, के कहिल्यै कुनै स्थितिमा तपाइँले क्रिमियालाई युक्रेनमा फर्काउने विषयमा सोच्नु भएको छ भनेर सोधेका छन्।

रुसको टास न्युजका अनुसार पुटिनले त्यसको जवाफमा भनेका छन्, ‘तपाइँ के भनिरहनु भएको छ, यस्तो अवस्था न आएको छ, न आउँने नै छ।’ रुसले २०१४ मा क्रिमियायी प्राय द्वीपलाई आफ्नो कब्जामा लिएको थियो।

गत वर्ष सेक्टेम्बरमा संयुक्त राष्ट्र संघले रुसले क्रिमियामा मानवअधिकार उल्लघंन गरेको आरोप लगाएको थियो। पुटिन भन्छन्, ‘म केही चिजलाई माफ गर्नसक्छु तर सबै कुरा होइन।’ त्यसपछि कन्द्राशोवले सोध्छन्, ‘तपाइँ कुन कुरालाई माफ गर्न सक्नुहुन्न? जसमा पुटिनको जवाफ हुन्छ धोका।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष