एमाले र माओवादी केन्द्रबीचको एकता वैशाख ९ मा 

२८ फाल्गुन २०७४

banner

फाइल फाेटाे

काठमाडौं। नेकपा एमालेका नेता सुवास नेम्वाङले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा बैशाख नौ गते हुने दाबी गरेका छन्। एमाले नेता नेम्वाङले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर २ पार्टीबीच एकता हुने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन्।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले पार्टी एकतामा अव ढिलाई नहुने बताए। पार्टी एकताका लागि गठित २ कार्य दलले प्रतिवेदन बुझाएलगत्तै पार्टी एकताको औपचारिक घोषणा हुने नेता नेम्वाङको भनाइ छ। उनले पार्टी एकतालाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समिति र कार्यदलबीच गृहकार्य भइरहेको बताए। 

संसद र संसदीय गतिविधिमा बढि ध्यान दिनु परेको कारण पार्टी एकता कार्यदलले अपेक्षा अनुसार काम गर्न नपाएको दुवै दलको भनाइ छ। २ पार्टीबीच एकीकरणको दस्तावेज तयार पार्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको विधान निर्माण कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा नेतृत्वको संगठन निर्माण कार्यदल गठन गरिएको छ।

नेता नेम्वाङले दुवै कार्यदलले आफ्नो कामलाई अन्तिम चरणमा पु¥याएको बताए। उनले पार्टी एकता हुनेमा शंका नगर्न पनि आग्रह गरे। नेता नेम्वाङले दुवै दलको नेतृत्वले पार्टी एकताको अवधारणा अनुसार काम गरिरहेको जनाए। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष