युएस बंगलाको विमान दुर्घटनाः ४० जनाको मृत्यु

२८ फाल्गुन २०७४

banner

काठमाडौं। बंगलबादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा ४० जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।  अस्पताल पुर्याइएका ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान सोमबार दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा विमान पुर्णतया क्षतिग्रस्त भएको छ।

विमानमा सवार २४ जना यात्रुको उद्धार गरिएको छ। उनीहरुलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त विमानमा ४ जना चालक दलका सदस्य र ६७ यात्रु सहित ७१ जना सवार थिए। ती मध्ये ३३ जना नेपाली रहेको विमानस्थलले  जनाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »