युएस बंगला विमान दुर्घटनाः घटनास्थल पुग्दा जे देखियो (फोटोफिचर)

२८ फाल्गुन २०७४
banner

  • आर्यन धिमाल

काठमाडौं । बंगलबादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको छ। दुर्घटनामा ४९ जना यात्रुले ज्यान गुमाएका छन्। अन्य २१ जना घाइतेको उपचार भइरहेको छ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान सोमबार दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा विमान पुर्णतया क्षतिग्रस्त भएको छ।

आज दुर्घटनामा परेको विमान एक हप्ताअघि पनि बंगलादेशको ढाकामा आकस्मिक अवतरण गर्नु परेको खुलासा भएको छ। आकस्मिक अवतरणपछि विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो।  

यो विमानले बंगलादेशकै जेसोरबाट ढाका जाँदै गर्दा आकस्मिक अवतरण गरको बंगलादेशी अनलाइन द डेली स्टारले जनाएको छ। त्यतिबेला आकस्मिक अवतरणपछि सुरक्षित रहेको विमान आज भने काठमाडौंमा सुरक्षित रहेन।

दुर्घटनाग्रस्त विमानमा ३३ नेपालीसहित ७१ यात्रु सवार थिए।

ताजा भिडियो

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।