घाईते र लाशले बिक्षिप्त बनेको त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार (भिडियो सहित)

२८ फाल्गुन २०७४

banner

काठमाडौँ । त्रिभुवन विमानस्थलमा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ। जसमा २२ नेपालीको ज्यान गएको छ।

दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको  अवस्था गम्भीर रहेको अस्पतालले जनाएका छन्।

काठमाडौंका लागि ढाकाबाट आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए। जसमध्ये ३३ जना नेपाली सवार थिए। 

काठमाडौँको त्रिभुवान विमानस्थल सोमबार दिउँसोबाटै शोकाकुल देखियो । विमान दुर्घटना लगत्तै सुरक्षा निकास सहित स्थानीय वासीको सहयोगमा निकै जोखिमयुक्त तरिकाले घाईते र मृतकको शव निकालिएको थियो। 

यस्तो छ उद्धारका क्रममा गरिएको लाईभ भिडियो 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष