नेपाली युवा सनिल 'मेस्सी आर्ट प्रतिस्पर्धा'को टप-१० मा (भोटिङ तरिकासहित)

२९ फाल्गुन २०७४

banner

काठमाडौँ । मेस्सी आर्ट प्रतिस्पर्धामा १० चित्रकारले बनाएका मेस्सीका तस्वीरहरु अन्तिम फाइनलमा छनौट भएका छन्।
 
उक्त प्रतियोगितामा नेपालका सनिल चित्रकारले बनाएको तस्वीर पनि छनौटमा परेको छ। अन्तिम फाइनलमा छनौट भएका १० जना चित्रकार मध्ये भोटिङका आधारमा विजेताको छनौट गरिनेछ।

आफुलाई उत्कृष्ट १ मा पुर्याउनका लागि भोट गरिदिन सनिलले सबै नेपालीमा आग्रह गरेका छन्। यो एउटा च्यारिटी क्याम्पेन भएकाले छानिएको चित्रलाई मेस्सीले हस्ताक्षण गरेर बार्सीलोनाको एक क्यान्सर हस्पिटललाई डोनेट गर्नेछन्।

WWW.messi.com मा जानुहोस्
सबैभन्दा माथि दायाँतर्फ देखिएको sing in बटनमा क्लिक गर्नुहोस्
त्यहाँ देखिने स्कृनमा Sing in With facebook क्लिक गरी continue With मा क्लिक गर्नुहोस्
तल रहेको Messiart मा क्लिक गरी  Finalist #8: sanil chitrakar मा क्लिक गर्नुहोस्
त्यसपछि खुल्ने पपअपमा मेस्सीको चित्रको तल देखिएको लभ साइनमा क्लिक गर्दा मेस्सीलाई भोट जानेछ।


मोबाइलबाट भोटिङ गर्नका लागि मेस्सीको अफिसियल एप :
https://play.google.com/store/apps/details?id=com.iamat.messi
iphone : https://itunes.apple.com/us/app/messi-oficial/id1183930659?ls=1&mt=8

Leave a reply

HTML Tags are not supported

Post My Comment »