जसले युएस बंगला ल्याए, उनैको ज्यान गयो

२९ फाल्गुन २०७४

banner

काठमाडौँ । दुई वर्षअघि नेपालमा युएस-बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए।

बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे। पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) थियो।

तर, नेपालमा युएस-बंगला भित्राउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनुपर्‍यो। ‘जसले युएस-बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष