नयाँ राष्ट्रपति बनाउन गएका सांसदका ८ पोज

२९ फाल्गुन २०७४

banner

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान सुरु भएको छ।

पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेका थिए।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका थिए। मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ।

नयाँ राष्ट्रपति चयनका लागि कुल ८८० मतदाताले मतदान गर्ने छन्। जसमध्ये ३३१ प्रतिनिधिसभा र ५४९ प्रदेशसभाका मतदाता रहेका छन्।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ।

राष्ट्रियसभा र संघीय संसद्को मतभार संख्या ७९ र प्रदेशसभा मतभार संख्या ४८ तोकिएको छ। कुल ५२ हजार ५०० मतभार संख्या रहने निर्वाचनमा २६ हजार २५१ मतभार ल्याउने उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान छ।  
 
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन्।

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »