भारतमा पनि १८६ जना यात्रु बोकेको विमानको आकाशमै इन्जिन फेल !

२९ फाल्गुन २०७४

banner

एजेन्सी। नेपालमा दुखद् विमान दुर्घटना भएकै दिन भारतमा उडिरहेको विमानको इन्जिन अकस्मात बन्द भएपछि आज इण्डिगो एयसलाइन्सका ४७ उडान रद्द गरिएका छन् । भारतको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले एयसबस ए–३२० विमानका प्रेट एण्ड ह्वीटनी इन्जिनमाथि प्रतिबन्ध लगाएको छ । हिजोमात्र अहमदाबादबाट लखनउ गइरहेको इण्डिगो एयरलाइन्सको एक विमानको इन्जिन हावामै बन्द भएको थियो । 

अहिले भारतको इण्डिगो एयरलाइन्स र गोएयरसँग गरी एयरबसका ११ वटा ए–३२० जहाज छन् । ११ मध्ये ८ विमान इण्डिगो र ३ विमान गोएयरका छन् । यी एयरलाइन्सलाई तत्काल ती विमानको इन्जिन फेर्न निर्देशन दिइएको छ । निर्देशनसँगै इण्डिगो एयरले आफ्ना ४७ आन्तरिक उडान रद्द गरेको छ । सोमबार इण्डिगो विमान उडेको केही समयमै इन्जिन फेल भएपछि यसलाई आकस्मिक अवतरण गराइएको थियो । विमानमा १८६ जना सवार थिए । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष