मौका पाउनासाथ ससुराले गर्थे अश्लील हर्कत, बुहारीले भिडियो बनाएर खोलिदिइन् पोल (भिडियोसहित)

२९ फाल्गुन २०७४

banner

एजेन्सी। एक ससुराले आफ्नी बुहारीको यौनशोषण गर्न चाहन्थे र सधैं मौका पाउनासाथ अश्लील क्रियाकलाप गर्थे । हैरान भएपछि बुहारीले ससुराको अश्लील क्रियाकलापको भिडियो बनाएर प्रहरीलाई दिएकी छिन् । भिडियोको आधारमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ। पीडित महिलाका माइतीले कडा कारवाहीको माग गर्दै प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन् । 

पीडित महिलाका अनुसार ती ससुराले केही दिनदेखि यस्तै गरिरहेका थिए जसका कारण उनी माइतीमा बस्दै आएकी थिइन् । केही दिन अगाडि मात्रै उनलाई सम्झाएर घर पठाइएको थियो तर ससुराले फेरि त्यस्तै गर्न थालेपछि महिलाले भिडियो बनाएकी हुन् । भिडियो रेकर्डिङमा ती महिला किचनमा खाना बनाउँदै गरेकी देखिएकी छिन् । त्यही बेला उनका ससुरा उनीसँग जबरजस्ती अश्लील क्रियाकलाप गर्छन् । 

ओमप्रकाश जयसवाल नामका ती ससुराको क्रियाकलाप देखेर ती महिलाका पिता र दाजु पनि चकित भएका थिए । ती ससुराले आफ्ना छोरा घरबाहिर भएको मोका पारेर सधैंजस्तो यस्ता क्रियाकलाप गर्थे । आफूले उनको खर्च पूरा गर्ने भएकोले आफ्नो इच्छा पूरा गरिदिन भन्ने गरेको पीडित महिलाले बताइन् । भिडियो हेर्नुहोस् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »