विश्वकप छनोटः यी हुन् समूह चरणका ११ स्टार खेलाडी, नेपालबाट परे पारस खड्का

२९ फाल्गुन २०७४

banner

काठमाडौं। जिम्बावेमा भइरहेको आइसीसी विश्वकप छनोटमा समूह चरणका सबै खेल सकिएको छ। समूह ए बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएइ तथा समूह बी बाट जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर सिक्समा पुगेका छन्। नेदरल्याण्ड्स, पपुवा न्यू गिनी, नेपाल र हङकङ प्लेअफमा खेल्नेछन्।

समूह चरणमा कूल २० खेल हुँदा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। यही प्रदर्शनका आधारमा आइसीसीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ खेलाडीको सूची तयार पारेका छन् । सूचीमा घरेलु टोली जिम्बावे र हङकङका २–२ तथा नेपाल, वेस्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यू गिनी, स्कटल्यान्ड, युएई र अफगानिस्ताका १–१ खेलाडी परेका छन् । सूचीमा नेपालका कप्तान पारस खड्का पनि परेका छन् । 

यी हुन् ब्याटिङ अर्डरका आधारमा उत्कृष्ट ११ खेलाडी

विलियम पोटर्फिल्ड (आयरल्यान्ड)
टोनी उरा (पपुवा न्यूगिनी)
कलुम म्याक्लेओड (स्कटल्यान्ड)
ब्रेन्डन टेलर (जिम्बावे)
पारस खड्का (नेपाल)
अंशुमान रथ (हङकङ)
सिकन्दर राजा (जिम्बाबे)
रोहन मुस्तफा (युएई)
मोहम्मद नावी (अफगानिस्तान)
ज्यासन होल्डर (वेस्ट इन्डिज)
एहसान खान (हङकङ)
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »