क्यान्सर, ब्रेन ह्यामरेज जस्ता समस्याहरुबाट छुटकारा पाउन अपनाउनुहोस् यो घरेलु उपाय

२९ फाल्गुन २०७४

banner

काठमाडौं । स्वस्थ जीवन जिउने चाहना सबैको हुन्छ । तथापि आवश्यक सल्लाहको अभावमा हामीले जानेर होस् वा नजानेर रोगको सिकार हुन पुगेका हुन्छौं । आज डिसीनेपाल तपाईलाई एउटा घरेलु उपचारका बारेमा जानकारी गराउँदै छ जसको सहायताले तपाई स्वस्थकर जीवन जिउन सक्नुहुन्छ ।  

यदि तपाई आफ्नो तौल र शरीरमा भएको विकारलाई नाश पार्न चाहनुहुन्छ भने हरियो चिया, सुन्तला र पुदिना सहितको पेय पदार्थ तपाईका लागि अमृत हुनसक्छ ।  तसर्थ यो पेय पदार्थ शरीरको संपूर्ण समस्याहरुबाट सहजै छुटकारा पाउनका लागि आयुर्वेदले सिफारीस गर्दछ । 

१. हरियो चिया (ग्रिन टी)

हरियो चियाले शरीरको अंगहरुलाई सक्रिय पार्नुका साथै यसले बोसो तथा चिल्लोलाई सोस्ने काम गर्छ । यसले मेटाबोलिज्ममा अनौठो सुधार ल्याउँछ । दैनिक एक कपा हरियो चिया सेवन गर्नाले मुटु जन्य समस्याहरु, मस्तिष्क घात, छाला क्यान्सर, जोर्नी जन्य पीडा तथा सुनिने समस्याहरु, रगतमा चिनीको मात्रा उच्च, उच्च रक्तचाप, रुघाखोकी, फ्लू लगायतका समस्याहरुमा कमि आउँछ । 

२. सुन्तला

पोषण तत्व तथा विषादी नाशक गुण भएका कारण सुन्तलालाई अति मुल्यवान फलको रुपमा लिइन्छ । यसमा अनावश्यक चिल्लो पदार्थको मात्रा सुन्य बराबर रहन्छ तर यसमा शरीरलाई आवश्यक पर्ने रेशाको मात्रा अत्यधिक रहन्छ जुन अत्यधिक तौल हुने मानिसहरुको लागि अति आवश्यक छ । सुन्तला खानेगर्नाले जार्नी संबन्धी समस्या, क्यान्सर र मुटु संबन्धी समस्याहरुमा सकारात्मक लाभ प्राप्त हुन्छ । 

३. पुदिना

पुदिनालाई क्याल्सियम, म्याग्नेसियम, कपर, आइरन र पोटासियमका लागि उचित स्रोतका रुपमा लिइन्छ । यसलाई जडीबुटीको रुपमा प्रयोग गर्ने गरिन्छ । यो जडीबुटी सेवन गर्नाले पाचन प्रक्रिया बलियो हुनुका साथै यसले शरीरको संपूर्ण तन्तुहरुलाई यथास्थानमा राख्न सहयोग गर्ने र अनावश्यक बोसो पगाल्नुका साथै शरीरलाई सुनिन दिदैन । 

यो पेय पदार्थ तयार पार्ने बिधि:

करिव एक लिटर पानीलाई ५ मिनेट उमाल्नुहोस् । त्यस पछि ग्रिन टीको ५ वटा ब्यागलाई उक्त पानीमा डुबाउनुहोस् र पानीलाई ५ मिनेट सम्म सेलाउन दिनुहोस् । अव चियाको व्यागलाई पानीबाट बाहिर निकाल्नुहोस् । बोक्रासहित सुन्तलालाई सफासँग पखाल्नुहोस् र यसलाई मसिनो पारेर काट्नुहोस् । एउटा ग्लास जारमा पानी खन्याउनुहोस् । यसमा सुन्तलाको चनापनि मिसाउनुहोस् । अव यसमा पुदिनाका केही पातहरु पनि मिसाउनुहोस् र जारको बिर्को बन्द गर्नुहोस् । मीश्रणलार्ई एक रात सम्म फ्रीजमा राखिदिुनुहोस् । अव यो मीश्रणलाई घरेलु ओखतीको रुपमा प्रयोग गर्न सकिन्छ । 

प्रयोग गर्ने बिधि:

प्रत्येक पटक खाना खानु अघि एक कप ओखती सेवन गर्नुहोस् । यसले तपाईको शरीरमा भएको अनेकौ प्रकारको बिकारबाट सहजै छुटकारा दिलाउँछ । यसरी एक महिना सम्म ओखती प्रयोग गर्नाले शरीरलाइ अचुक फाइदा प्राप्त हुन्छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष