राष्ट्रपति निर्वाचनको मतगणना सुरु, आजै परिणाम सार्वजनिक गरिने

२९ फाल्गुन २०७४

banner

मतदानमा सहभागी हुँदै सांसद गगनकुमार थापा । तस्वीर : रासस

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । दिउँसो ४ बजेपछि मतगणना सुरु भएको हो ।

संघीय संसद नयाँ वानेश्वरमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा नै मतगणना सुरु भएको छ । दिउँसो ३ बजेसम्म भएको मतदानमा राष्ट्रपति चयनका लागि संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी ८६२ जनाले मतदान गरेका छन् । नयाँ शक्तिका संयोजक एवं सांसद डा. बाबुराम भट्टराई, नेमकिपा सांसद प्रेम सुवाल, राष्ट्रियसभा सदस्य रमेश यादव र जितेन्द्र देव मतदान प्रक्रियामा सहभागी भएनन् ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन् ।

आजै मतगणना सकेर सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »