तीन दिनसम्म पनि नियन्त्रणमा आएन जंगलको आगो, १० जनाको मृत्यु

२९ फाल्गुन २०७४

banner

फाइल तस्वीर

नयाँ दिल्ली । दक्षिण भारतीय राज्य तामिल नाडूको एक जङ्गलमा भएको आगलागीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १० पुगेको छ ।

केही दिनयतादेखि जारी रहेको सो डढेलोमा परी ज्यान जानेको संख्या १० पुगेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । उक्त जंगलमा आइतबारबाट आगलागी सुरु भएको हो ।

आगलागी सुरु भएको सो समयमा एक विश्वविद्यालयका ४० जना विद्यार्थी पनि सोही जंगलमा पदयात्रामा गएका थिए । उनीहरुलाई भने उद्वार गरिएको छ । सो जंगलको डढेलो निभाउन ठूलो प्रयास भइरहेको छ ।–एजेन्सी

Leave a reply

HTML Tags are not supported

Post My Comment »