राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

२९ फाल्गुन २०७४

banner

काठमाडौं । राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन् । भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी हुन ।

राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी हुन ।

उनले ३९ हजार २७५ मतभार पाइन् भने भण्डारीसँगै चुनावी मैदानमा उत्रिएकी कांग्रेसकी कुमारी लक्ष्मी राईले ११७३० मतभार पाएकी छन् । भण्डारी राष्ट्रपतिमा निर्वाचित भएको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले घोषणा गरेका हुन् । श्रेष्ठले राष्ट्रपति निर्वाचनको मतपरिणाम आजै निर्वाचन आयोगलाई बुझाउने जानकारी दिए। 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ४ बजेबाट मतगणना सुरु भएर डेढ घण्टाभित्र नै मतपरिणाम आएको हो । निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

नवनिर्वाचित राष्ट्रपति भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिनेछिन् । बुधबार दिउँसो ४ बजेका लागि सपथको समय तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन रहेको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »