यात्रुबाहक बस दुर्घटना, ३८ जनाको मृत्यु

२९ फाल्गुन २०७४
banner

एएफपी ।  इथियोपियाको उत्तरी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३८ जनाको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले मङ्गलबार जनाएको छ।

राज्य सञ्चालित फाना ब्रोडकास्ट कर्पोरेटले स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “इथियोपियाको लेगाम्बो जिल्लामा भएको दुर्घटनामा १० महिलासहित कम्तिमा ३८ जनाको मृत्यु भएको छ।”

प्रहरीका अनुसार घटनामा १० यात्रु घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्राप्त समाचारमा उल्लेख छ।रासस

ताजा भिडियो

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।